below-header-datsun-ads
ARTICLE CELEBRITIES DOWNLOADS IN THEATRE INTERVIEW MOVIES NEWS VIDEOS

साहरुखलाई क्लिन चिट

srk-muskan

बलिउड नायक साहरुख खानलाई एक घटनामा क्लिन चिट मिलेको छ । सन् २०१२ को आइपिएलमा साहरुखको क्रिकेट टिम ‘केकेआर र मुम्बई इन्डियन्स’को खेलपछि साहरुखले त्यहाँका सुरक्षा गार्डसँग बिबाद गरेको बताइएको थियो । साहरुखले आफ्ना बच्चाका अगाडि नराम्रो शब्द प्रयोग गर्दै गार्डलाई गाली गरेको आरोप लगाइएको थियो ।

यो घटनापछि सामाजिक कार्यकर्ता अमित मारुले पुलिसमा उजुरी दिएका थिए । साहरुखले बच्चाको अगाडि गाली गरेको भन्दै उनी विरुद्ध कारवाहीको माग राख्दै उजुरी दर्ता गरिएको थियो । यो घटनापछि मुम्बई क्रिकेट एसोसिएसनले साहरुखलाई वानखडे स्टेडियम प्रवेश गर्न ५ बर्षका लागि प्रतिवन्ध नै लगाएको थियो । तर, यो प्रतिवन्ध ३ बर्षपछि फुकुवा भैसकेको छ ।

प्रहरीमा परेको उजुरीमा कुनै प्रमाण नभेटिएको भन्दै साहरुखलाई क्लिन चिट दिइएको छ । साहरुखले बच्चाको अगाडि गाली गरेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाई छ ।