below-header-datsun-ads
ARTICLE CELEBRITIES DOWNLOADS IN THEATRE INTERVIEW MOVIES NEWS VIDEOS

हिमाल सागरको नयाँ एल्बम ‘अक्टोबर २४’

himal-sagar

गायक हिमाल सागरको नयाँ गीति एल्बम सार्वजनिक गर्ने तयारीमा छन् । जन्मदिनको अवसर पारेर हिमालले नयाँ एल्ब सार्वजनिक गर्न लागेका हुन् । उनको यो ७ औं सोलो एल्बम हो ।

‘अक्टोबर २४’मा समावेश सबै गीतमा हिमाल सागरले नै संगीत भरेका छन् । यो एल्बमा ६ बटा गीत समावेस गरिएको छ ।

‘अक्टोबर २४’मा नामक एल्बमको ‘माया कहिले मुस्कुराउने’ गीतको म्यूजिक भिडियो सार्वजनिक भइसकेको छ ।

डा.भोला रिजालको शब्द रहेको गीतमा हिमाल सागरको स्वर तथा संगीत रहेको छ ।

‘माया कहिले मुस्कुराउने’ बोलको गीति अर्जुन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा हिमाल अनि नायिका केकी अधिकारीले अभिनय गरेका छन् । एल्बमलाई एसियन म्युजिक प्रा.लि.ले बजारमा ल्याएको छ ।

सागरले गाएका ‘मेरो माया मरेपछि, मेरो मनमा आगो लाउनेको, न मैले लेखें न उनले लेखिन्, नाच तिमी आज मादलको तालमा लगायतका गीत चर्चामा छन् ।

पछिल्लो समय हिमाल सागर बिदेशी स्टेज प्रोग्राममा ब्यस्त छन् ।