below-header-datsun-ads
CELEBRITIES NEWS

छक्का पञ्जाको कलेक्शन १२ करोड माथि, पछि पार्यो कोहिनुरलाई

chaka-panha

प्रदर्शनको छैठौं हप्ता आईपुग्दा चलचित्र छक्का पञ्जाले नेपाली चलचित्रले कायम गरेका संपूर्ण रेकर्ड ब्रेक गर्न सफल भएको छ । चलचित्रले काठमाडौंमा ७ करोड र मोफसलमा ५ करोडगरी कुल १२ करोड माथिको व्यापार गरेको वितरकहरुले बताएका छन् ।

यसअघि उच्च कलेक्शन गर्ने नेपाली चलचित्रको रेकर्ड कायम गरेको चलचित्र कोहिनुरले ११ करोड कलेक्शन गरेको थियो । नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात यो चलचित्र हेर्नका लागि दर्शकको भीड हलमा लागेको थियो । श्रीकृष्णप्रति अन्तिम श्रद्धाञ्जली दर्शाउँदै दर्शक हलमा पुगेका थिए ।

दिपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र छक्का पञ्जामा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्दिलाल तामाङ, शिबहरी पौडेल, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।