below-header-datsun-ads
CELEBRITIES IN THEATRE

‘राधा’को फष्टलुक पोष्टर सार्वजनिक

radha2

तिहारको अवसर पारेर प्रर्दशनको तयारीमा रहेको नेपाली चलचित्र राधाको फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । झापा दमकमा आयोजित एक पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले फष्टलुक पोष्टरको घुम्टोलाई उघारेका थिए ।

कार्यक्रममा निर्देशक योगेश घिमिरे, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज सहित दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाई, एफ।डी कम्पनीका पूर्वाञ्चल वितरक चौतन्य बराल एवं नेपाल चलचित्र संघ पूर्वाञ्चल बेल्टका निवर्तमान सभापति विकास कोइराला लगायतको उपस्थिती थियो ।

चलचित्रमा जीवन लुइँटेल र संचिता लुइँटेलको मुख्य भूमिकामा रहेको छ । कात्तिक १२ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको युनिट यतिबेला प्रचारप्रसारमा जुटेको छ ।