below-header-datsun-ads
CELEBRITIES IN THEATRE

‘रोमियो’ निर्माणको घोषणासँगै अडियो गीत सार्वजनिक

romeo-team

निर्माता तथा नायक हसनराजा खानले चलचित्र ‘रोमियो’ निर्माणको औपचारिक घोषणा गरेका छन् । राजभानीमा आयोजित एक पत्रकार सम्मेलनकाबीच चलचित्रको घोषणा गरिएको हो । चलचित्रलाई नव निर्देशक शंकर कार्कीले निर्देशन गर्नेछन् ।

चलचित्रमा समावेश ल्याङ-ल्याङ बोलको गीतको अडियो सार्वजनिक गरिएको छ । यो अडियोको भिडियो बनाउनेमध्ये एकजनाको भिडियोको स्टेपलाई गीतको भिडियोमा समावेश गरिने निर्माणपक्षले बताएको छ ।

चलचिमा रामेश्वर कार्कीको छायांकन, किरण घिमिरे ‘माइकल’को लेखन, सुरेन्द्र पौडेलको सम्पादन, अष्ट महर्जन एक्सन, गम्भिर बिष्ट र विपेन गुरुङको कोरियोग्राफी रहनेछ ।

आउँदो साता फ्लोरमा जाने यो चलचित्रमा मेलिना मानन्धर, हसनराज खान, नीशा अधिकारी, भानुप्रताप ढकाल, ओसिमा बनु, विपेन गुरुङ, विकास खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ ।