below-header-datsun-ads
CELEBRITIES INTERVIEW MOVIES

नेपाली चलचित्र कारखानाको पहिलो पोष्टर र रिलिज मिति सार्वजनिक

karkhana

नेपाली चलचित्र कारखानाको पहिलो पोष्टर र रिलिज मिति सार्वजनिक गरिएको छ । पौष २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई अमरदिप सापकोटाले निर्देशन गरेका हुन् ।

बिहेको मण्डपबाट भागेकी एक महिलाले भोग्नु परेको जीवन भोगाई र उनको यात्राको क्रममा जोडिने विभिन्न पात्रहरुसँगको अन्तरद्धन्द्धमा यो चलचित्र घुम्ने बताईएको छ ।

सुदिप खड्का, राजेन्द्र केसी, अमर बज्रचार्य र सुर्याश खड्का चलचित्रका निर्माता हुन् ।दयाराम दाहाल, शुशिल पोख्रेल र अमरदिप सापकोटाको पटकथा तथा संवाद रहेको चलचित्रमा निरज कँडेलको छायांकन, अनिल शाही र हरकुलश बस्नेतको संगीत, चन्द्र पन्तको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

चलचित्रमा सुशिल श्रेष्ठ, बर्षा सिवाकोटी, जेबिका कार्की, नविन लम्साल, मौसमी मल्ल, नागेन्द्र रिजाल, विकास उप्रेती, रविन पोख्रेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।