below-header-datsun-ads
CELEBRITIES MOVIES

चलचित्रमा स्वेता खड्काको कमव्याक, अपोजिटमा दयाहाङको चर्चा

swaita-khadka-dayahang-rai

बिहेको छोटो समयमै पति श्रीकृष्ण श्रेष्ठको निधनपछि बिक्षिप्त बन्न पुगेकी नायिका तथा निर्मात्री स्वेता खड्का करिब २ बर्षपछि चलचित्र क्षेत्रमा फर्कने भएकी छिन् ।

नायिका खड्का आफैले निर्माण गर्ने तयारीमा रहेको चलचित्रलाई निर्देशक आकाश अधिकारीले निर्देशन गर्नेभएका छन् । स्वेताकै मुख्य भूमिका रहने चलचित्रको छायांकन वैशाखबाट सुरु हुने बताईएको छ ।

लभस्टोरी तथा कमेडी जनरामा निर्माण हुने यो चलचित्रमा स्वेताको अपोजिटमा अभिनेता दयाहाङ राइले अभिनय गर्ने भएका छन् ।