below-header-datsun-ads
ARTICLE MOVIES NEWS

गाएक प्रमोद खरेलले नायिका प्रियंकासंग गरे आग्रह “लाईदेउ न मायाले”

IMG_0032

दिक्षा क्रीयशनको प्रस्तुतिमा प्रमोद खरेलको नयाँ गीत “लाईदेउ न मायाले” को भिडियो सार्वजनिक भएको छ । नेपाली साङ्गितिक क्षेत्रमा नयाँ र फरक खालको गितमार्फत आफ्नो चर्चालाई एकरुपमा कायम राख्न सफल गाएक प्रमोद खरेलको यो गितले फेरी एकपटक सबैको मन जित्ने नीश्चीत देखीन्छ ।
गीतकार डिपी खनालको शब्द शृजना रहेको गीतमा राजनराज शिवाकोटीको सङ्गित रहेको छ ।
भिडियोको बारेमा प्रमोद भन्छन्, ‘यो भिडियोमा हामीले धेरै मेहनत गरेका छौँ, अब जिम्मा दर्शकको हातमा छ, मनपराउनुहुनेछ ।
प्रमोद स्वयमले अभिनय गरेको गीतमा नायिका प्रियंकासँग उनको जोडी मज्जाले जमेको छ । सुव्रत आचार्यले निर्देशन गरेको म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सुनिल क्षेत्रीले कोरियोग्राफी रहेको छ । प्रमोदले ‘झुम्कावाली’, ‘हङगामा’, ‘चल् बतास चल’ को अपार सफलतापछि “लाइदेउन मायाले” सार्वजनिक गरेका हुन् । भिडियो हेर्नुहोस…