below-header-datsun-ads
CELEBRITIES IN THEATRE MOVIES

टोकियोमा चलचित्र ‘पर्ब’ प्रदर्शनको तयारिमा

IMG_0038

चन्द्र खनाल,मई ३१, टोकियो । नेपाली कथानक चलचित्र ‘पर्व’ जापानमा पनि प्रदर्शन हुने भएको छ ।
जेठ १२ बाट नेपालभर एकैसाथ प्रदर्शनमा आएको चलचित्र पर्वमा समावेश ‘काले दाई काले’ बोलको गीतले अहिले दर्शक तथा श्रोतामाझ हंगामा मच्चाइरहेको छ ।
कुनै एक पर्वमा घटेको घटना र त्यसपछि उत्पन्न भएको घटनाक्रमलाई सस्पेन्स शैलीमा निर्माण गरिएको उक्त चलचित्र सोलमारी ग्रुपको आयोजनामा जापानमा प्रदर्शन गर्न लागिएको हो ।

जापामा बसोवास गर्ने नेपालीहरुका लागि मनोरञ्जन साथै आफ्नो संस्कृती र मौलिकता लाई पुनर्ताजगी गराउनुका साथै चलचित्र ‘पर्व’ प्रदर्शन बाट आम्दानी भएको रकम जिग्री पाँडे प्रतिष्ठान नेपालले दृष्टि विहीन असाहय परिवारका लागि सप्तरीमा निर्माण गर्नलागेको आवास परियोजनाका लागि सहयोग गरिने सोलमारी ग्रुपका अध्यक्ष पुस्कर जंग थापाले जानकाकरी दिनुभयो ।

चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ ।चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । जसले यसअगाडि ‘आई एम सरी, नोभेम्बर रेन, क्लासिक’ जस्ता चलचित्रको निर्देशन गरेका थिए ।

सुवास गिरी र निकिता पौडेल यो चलचित्रका निर्माता हुन् । गोपिकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण भएको हो । निश्चल बस्नेतले अभिनय गरेको र गाएको गीत ‘काले दाई ‘’ चलचित्र पर्वको गीत हो ।

नेपालका ७७ वटा हलमा प्रदर्शन भैरहेका चलचित्र ‘पर्व’ले सुरुवातीमा नै सन्तोषजनक ब्यापार गरेको निर्माणपक्षले बताएको छ ।

केही समय पर्दा पछाडी रहेकी नायिका नम्रता श्रेष्ठ यस चलचित्रमा मुख्य पात्रका रुपमा भएका कारण दर्शकहरुमो रोजाइमा पर्न सफल भएको अनुमान गरिएको छ । नायिका नम्रताको साथमा नायक कोसिस क्षेत्रीको राम्रो जोडी देख्न सकिन्छ । त्यसका साथै नयाँ शैलीको मेकिङ र कथावस्तुका कारण दर्शकले चलचित्रलाई रुचाएका हुन् ।

व्यवसायिक तथा दर्शकको रुचि दुवै पक्षवाट नेपालमा राम्रो प्रतिक्रिया पाईरहेको चलचित्र ‘पर्व’ले नेपाल बाहिर पनि नेपाली दर्शक हरुको मन जित्न सक्ने विश्वास रहेको निर्देशक राउतले बताए ।
मई ४ तारिक आईतवार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुने चलचित्र ‘पर्व’को विशेष प्रदर्शनमा चलचित्रका निर्देशक दिनेश राउतको पनि उपस्थिति रहनेभएकाले दर्शबहरुले निर्देशक राउत संगै बसेर सिनेमा हेर्ने अवसर पाउने आयोजकले जनाएको छ ।