below-header-datsun-ads
ARTICLE NEWS

जापानी रक्षा मन्त्रीले आफ्नो अभिव्यक्ति प्रति माफी मागिन

minister

यहि हप्ता हुन लागेको टोकियो महानगरीय विधानसभा चुनावमा जापानी रक्षा मन्त्री तोमोमी इनादाले एक आत्मा-रक्षा बलको उम्मेदवारको समर्थन गरेको कारण उनले सार्वजनिक रुपमा माफी मागेकी छिन् ।

रक्षा मन्त्री इनादाले आत्मरक्षा बलका अधिकारीहरुलाई आफ्नो पार्टीमा लाग्न आग्रह गरेकी थिइन् । विरोधी दलले भने उनको यस्तो टिप्पणी राजनीतिमा आवश्यकता भन्दा बाहिरको हुने बताएका छन् । यो चुनावमा सार्वजनिक सेवकहरुले आफ्नो ओहदा प्रयोग गरेर भोट माग्नमा पनि प्रतिबन्ध लगाईएको हुन्छ ।

मंगलबार एक भाषणका क्रममा इनादाले आत्मरक्षा बलका अधिकारीहरु, रक्षा मन्त्रालय र लिबरल डेमोक्राटिक पार्टीका तर्फबाट आफ्ना उम्मेदवारलाई मत दिन आह्वान गरेकी थिइन् । उनले मंगलबार बेलुकी नै यस टिप्पणी फिर्ता लिएको बताए पनि माफी भने मागेकी थिईनन् ।

आत्मरक्षा बललाई विवादमा र राजनीतिमा तान्न खोजेको भन्दै उनको आलोचना भएको थियो । बिहीबार उनले आफूले आत्मरक्षा बललाई राजनीतिमा ल्याउन नखोजेको र आफू रक्षा मन्त्री मात्र नभएर पार्टीको नेता पनि भएको बताएकी छिन् ।

यस विषयमा इनादाले शुक्रबार यस चुनाव गतिबिधिहरुला पूरा गर्न मेरो कुनै सोच नभएको र आफु रक्षा मन्त्री भएको नाताले आफ्नो कर्तव्य
पुरा गर्ने बताईन ।

प्रधानमन्त्री शिन्जो आवेले भने उनलाई आफ्नो कर्तब्य पूरा गर्न र आफ्नो काम गर्न बताएका छन् । इनादालाई उनले गत वर्षको अगष्टमा रक्षा मन्त्री बनाएका थिए ।