below-header-datsun-ads
ARTICLE NEWS

जापानमा नेपालीले खोले सुपरमार्केट

IMG_0115

कविकिरण न्यौपाने, नागोया- जापानमा पछिल्लो समय नेपालीहरुले आफ्नो व्यवसाय बढाइरहेको समयमा अर्का एक नेपालीले सुपरमार्केट खोलेका छन् । जापानको नागोया स्थित आस्था कु रोकुवान्चुमा एभरेष्ट सुपर नामक नयाँ सुपरमार्केटको औपचारीक रुपमा जुलाई ७ वाट ओपनिङ गरिएको छ ।

यसअघि पनि नागोयाकै ओबुमा पनि नेपालीकै सामिका ग्रुपले सुपरमार्केट संचालनमा ल्याएको थियो । अहिले संचालनमा आएको सुपरमार्केट भने एभरेष्ट इन्टरनेशनल ग्रुपले संचालनमा ल्याएको हो । उक्त सुपरमार्केटका प्रवन्ध निर्देशक निमा लामाका अनुसार करिव १२ करोडको लगानीमा सुपरमार्केट स्थापना गरिएको जनाइएको छ ।

लामाका अनुसार ६ महिना भित्र फेरी अर्को सुपरमार्केट स्थापना गर्ने उद्देश्यका साथ काम अघि बढाएको जानकारी दिए । जापानमा ओलम्पिकको आयोजना गर्ने तयारी सँगै धेरै क्षेत्रमा लगानि विस्तार तीब्र रुपमा भैरहेको छ । यस्तोमा उनले ओलम्पिक सम्ममा ६ वटा सुपरमार्केट स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिए ।

सुपरमार्केटमा सबै प्रकारका खाध्य सामाग्री साथै कस्मेटिक सामानहरू रहेका छन् । साथै फ्रेस भेजिटेवलको छुट्टै डिपो रहेको छ । जहाँ उपभोक्ताहरूको लागी खुद्रा एवं थोक सामानहरू खरिद गर्न सक्ने व्यवस्था मिलाईएको जनाईएको छ । सुपरमार्केटमा अर्गानिक भेजिटेवल ,चामल एवं खाद्यान्य समेत उपभोक्ताहरुले खरिद गर्न सक्ने छन् । उक्त सुपरमार्केटमा हाल १६ जना कर्मचारी रहेका छन् ।
जसमध्ये ५० प्रतिशत कामदार नेपाली रहने सो सुपरमार्केटका कार्यकारी निर्देशक दिलिप रानामगरले जानकारी दिए । केहि अघि ठूलो आकर्षण रहँदै आएको होटल तथा रेष्टुरेन्ट व्यवसायमा तीव्र प्रतिस्पर्धा हुन थालेपछि व्यवसायीहरुले लगानीका अन्य क्षेत्रहरुमा हात हाल्न सुरु गरेका छन् ।