below-header-datsun-ads
ARTICLE NEWS

नेपाली राजदूतवास जापानमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छलफल

पर्यटन व्यवसायलाई प्रवर्द्धनलाई गर्ने उद्देश्यले जापान स्थित नेपाली दूतावासले छलफल कार्यक्रम आयोजना गरेको छ ।

जापानमा पर्यटन तथा विभिन्न पेशा व्यवसाय गरेर बसेका नेपालीहरुसँग दूतावासले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । शुक्रबार आयोजित कार्यक्रममा जापानमा स्थापित पर्यटन व्यवसायी तथा अन्य पेशा व्यवसायमा संलग्न नेपालीहरुको समेत सहभागिता भएका थियो ।

राजदूतावासमा आयोजना गरिएको कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले धेरै भन्दा धेरै जापानीज पर्यटकलाई नेपाल भित्र्याउन नेपाल सरकारले धेरै तयारी गरेकाे र नेपालकाे प्राकृतिक साैर्न्दयमा विविधता रहेकाे कुरा जानकारी गराउनु भएकाे थियाे। उहाँले नेपालको सम्भावित पर्यटकीय क्षेत्रको चर्चा गर्नुभयो । कार्यक्रमकमा सबै भन्दा धेरै उमेरमा सगरमाथा आरोहण गर्ने यूचिरो म्यूराले पनि आफ्नो विचार राख्नु थियो ।

त्यस्तै द्धितीय सचिव रेवन्त केसीले नेपालको पर्यटन र जापानी पर्यटकको बारेमा आफ्नो विशेष प्रस्तुति राख्नु भयो । कार्यक्रममा जापानी सहभागिहरुले नेपालकाे सांस्कृतिक विविधता तथा सिधा हवाई सेवा लगायतका बारेमा जिज्ञासा राखेका थिए ।