below-header-datsun-ads
ARTICLE NEWS

बाढिपहिरोबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछी जापानी प्रधानमन्त्री आबेले विदेश भ्रमण स्थगित गरे

kyushu

जापानको दक्षिण भागमा लगातार भैरहेको मुसलधारे वर्षाले मंगलबारसम्म मृत्यु हुनेको संख्या २५ पुगेको छ भने कैयौँ मानिसहरु हराइरहेका छन् ।

गत १२ घन्टामा क्युशुमा लगभग ५० सेन्टिमिटर पानी छिरिसकेको छ र वर्षा भने अझै जारी छ । मौसन विज्ञान एजेन्सीले अझै भारी वर्षा हनसक्ने भन्दै सचेत रहन सूचित गरेको छ ।

मुख्य क्याबिनेट सचिब योशिहिदे सुगाले बताए अनुसार २५ जनाको मृत्यु भैसकेको छ भने कम्तिमा २५ जना वेपत्ता छन् । लगभग १२००० उद्दार टोली त्यहाँ खटिरहेको पनि उनले बताएका छन् । भारी बर्षका कारण विद्यालय, सडक र घरहरुमा पानीको भेल छिरेकाले हजारौ मानिसलाई अस्थाई शिविरमा राखिएको छ ।

प्रधानमन्त्री शिन्जो अबेले यस प्रकोपका कारण जर्मनीमा सम्पन्न जी २० शिखरको बैठक र इस्टोनियाको भ्रमण रद्द गरेका छन् । आबेले अब आउने बुधबार फुकुओका र ओइता प्रान्तमा स्थानीय सरकार र कर्मचारीसंग छलफल गर्ने कार्यक्रम छ ।

पाँच ओटा प्रदेशका ४१ ठाँउमा पहिरो गएको छ भने अरू ३८ ठाँउमा बाढी गएको छ । स्थानीय अधिकारीहरूले भनेका छन् । बाढी र पहिरोका कारण झण्डै १८० जना सम्पर्कविहीन छन भने १७ सय जना आपतकालीन शिविरमा बसेका छन् ।