below-header-datsun-ads
ARTICLE NEWS

टोकियो शहरमा रेल्वे स्टेशनको भिडभाड कम गर्न पुरस्कार अभियान

IMG_0144

टोकियो सहरका रेलहरुमा कार्यलयको समयमा निकै भिडभाड हुन थालेपछि गत मंगलबार देखि जापान रेल कम्पनीले एक अभियानको थालनी गरेको छ ।

अभियान अन्र्तगत ब्यस्त समयमा भन्दा अगाडी या पछाडीको समयमा यात्रा गर्ने यात्रुको टिकटको अंक राखिने छ र उनीहरुलाई पुरस्कृत समेत गरिने छ ।

सो अभियानलाई निरन्तरता दिनका लागि २६० कम्पनी र नगरपालिकाहरु संलग्न भएका छन् । त्यसै सन्दर्भमा बिहान थप रेल चल्ने भएको छ, जसको कारण ब्यस्त समयमा यात्रीलाई भिडमा उभिनुपर्ने छैन ।

टोकियो गभर्नर युरिको कोइकेको नेतृत्वमा चलेको अभियानमा उनले सन् २०२० को ओलम्पिक्सको लागि यो समस्या समाधान गर्ने प्रतिज्ञा गरेका छन् ।

साथै टोकियो निगमले शिबुया र चुओ रिंकन स्टेशनको बिचमा विशेष एक्सप्रेस चलाउने भएको छ । जुन जुलाई २१ देखि बिहान ६ बजे देखि ७ सम्म सञ्चालनमा आउने छन् । साथै टोक्यो मेट्रो कम्पनीले पनि बिहानको रेलहरु बढाउने भएको छ ।-अादर्श देवकाेटा