below-header-datsun-ads
CELEBRITIES NEWS

नेपालमा प्रेमगीत २ को आक्रामक व्यापारसङ्गै जापानमा पनि अगस्ट १२ मा प्रदर्शन हुँदै(हेर्नुहोस् ट्रेलर)

IMG_0240

चलचित्र प्रेमगीतले तेस्रो दिनसम्म आउदा पनि देशैभरिका हलहरु फुल भएको समाचार आइरहदा जापानमा समेत यसको प्रदर्शन मिति तय भएको छ । अगस्ट १२ तारिकका दिन नाकानो जेरो हलमा यसको प्रदर्शन हुने आयोजकले बताएको छ ।

नेपाली सिनेमा ईतिहासमै धेरै धनरासी लगानी गरेर निर्माण सम्पन्न भएको र साथ साथै सम्पुर्ण नेपाली दर्शकहरूको बहुप्रतीक्षित चलचित्र “प्रेम गीत २” ले रिलिज भाको जम्मा तीन दिनमै अपेक्षा गरिएको भन्दा धेरै सफलता हासिल गरेको छ । चलचित्रले दोस्रो दिनसम्म ३ करोड २ लाख बक्स अफिस कलेकस्नको आंकडा समेत पार गरेर नेपाली सिनेमा क्षेत्रमा एउटा नयाँ रेकर्ड कायम गर्यो।हलहरु खचाखच हुनुको साथै कतै त फिल्म हेर्ने दर्शकको चाप थेग्न नसकेर ४सो सम्म गर्नुपरेको थियो।कति दर्शकले त फिल्म मनपरेर ४-५ पटक सम्म फिल्म हेरेको पाइएको छ ।

यस फिल्मका डाईरेक्टर रामशरण पाठक हुन र उनी एक अब्बल फिल्म डाईरेक्टर हुन भन्ने यस फिल्म हेरे पश्चात् झन पुष्टि भएको छ।फिल्मको नीर्माता हुन संतोष सेन जस्ले यस फिल्ममा गरेको अभिनय पनि तारिफयोग्य छ।यस फिल्मका नायक प्रदिप खड्का र नायिका अश्लिशा ठकुरी दुवैको फिल्ममा केमिस्ट्री एकदमै मिलेको देखिन्छ।फिल्मले बास्तबमा फिल्म हेर्न दर्शकलाई हलसम्म तान्नलाई नायिकाले अंगप्रदर्शन गर्नैपर्ने,गुण्डाहरुरेले नायिकाको लुगा खोलेर बलात्कार गर्नैपर्ने र हिरोले गुण्डाहरुलाई मार्नैपर्ने जस्ता पुरातनवादी सोचलाई पुरै विस्थापित गरेको छ र नयाँ परिवर्तन ल्याएको छ । कथामा मौलिकपना,युवाबर्गले सोचे जस्तो फिल्म बनाउने हो भने हलले दर्शक कुरेर बस्नै पर्दैन भन्ने एउटा गतिलो संदेश पनि दिएको छ ।

फिल्मको एउटा अर्को सबल र तारिफयोग्य पक्ष भनेको यसले देश भित्रको विभिन्न रमणीय ठाउँमा छायांकन गरेर त्यस ठाउँको बारेमा फिल्ममार्फत प्रवर्द्धन पनि गरेको छ । मुगु र लुम्बिनी क्षेत्रका साथै यो चलचित्रले थाईल्यांड र म्यान्मार जस्ता देशका विभिन्न रमणीय ठाउँमा समेत छायांकन गरेकोले चलचित्रको व्यवसायिकता झन सुनमा सुगंध थपिएको छ।यदि चलचित्रमा आफ्नै मौलिक कथा,राम्रो तथा उत्कृष्ट छायांकन गर्न सकियो भने नेपाली चलचित्रले पनि सजिलै दर्शक पाउछन् भन्ने मान्यता “प्रेम गीत २” प्रति दर्शकहरुको क्रेजले नै प्रष्ट पारिदिन्छ।यस चलचित्रले के पनि सिद्ध गरेको छ भने नेपालमा हिन्दी,हलिउड फिल्मले मात्रै धेरै पैसा कमाउछन भन्ने मान्यता क्रमश हटाउदै लग्नेछ ।
जापानमा तयार भएको प्यारोडी छिट्टै रिलिज गरिने र सम्पुर्ण नेपालीहरुलाई फिल्म हेर्नको निम्ति उपस्थित भैदिन आयोजकले आग्रह गरेको छ । टिकट दर २५०० येन तोकिएको फिल्मलाई नमस्ते टोक्यो टिभिले प्रदर्शन गर्नेभएको छ । टोकियोमा सकिएपछि फ़ुकुओका, ओकिनावा, नागानो, ओसाका र नागोयामा समेत प्रदर्शन हुने भएको छ ।
ट्रेलर हेर्नुहोस…