below-header-datsun-ads
ARTICLE NEWS

एनआरएनए जापानको उम्मेद्वार बन्दै हुनुहुन्छ? एकपटक सोच्नुहोस !

IMG_0211

मुक्ति बाबु(टोकियो)
गैरआवासीय नेपालि संघ जापानले उम्मेदवारीको निम्ती दर्ताशुल्क निर्धारण गर्नुको साथै ओम गुरुंगको नेतृत्व रहने गरि ५ सदस्यीय निर्वाचन कमिटि गठन गरेको छ ।
आगामी १३ तारिकमा हुन गैरहेको अधिवेशनलाई लक्षित गरि निर्वाचन कार्यतालिका प्रकाशित गरी केन्द्रिय समितिमा उम्मेदवारीको निम्ती दर्ता शुल्क निर्धारण गरीएको हो । जसअनुसार कार्यसमिती सदस्यको निम्ति १ लाख येन, सह-कोषाध्यक्षको निम्ति १ लाख ५० हजार येन, कोषाध्यक्षको लागि २ लाख येन, सचिवको निम्ति २ लाख ५० हजार येन, महासचिबको निम्ति ३ लाख येन, उपाध्यक्षको निम्ति ३ लाख ५० हजार येन, बरिष्ठ उपाध्यक्षको निम्ति ४ लाख येन, अध्यक्षको निम्ति ४ लाख ५० हजार येन र अाइसिसी सदस्यको निम्ति ६ लाख येन दर्ता शुल्क निर्धारण गरेको अध्यक्ष सुदन थापा द्वारा जारी प्रेस विग्यप्तिमा उल्लेख गरिएको छ । विगतको वर्षको तुलनामा हालको शुल्क लगभग दोब्बर भएको छ र समाजसेवा गर्नको निम्ति गैरआवासीय नेपालि संघ जापानमा प्रवेश गर्छु भन्ने सोच राख्ने सामान्य व्यक्तिको एकपटक दिमागमा घण्टि बजाइदिएको छ ।

किन व्रिध्दी भयो त शुल्क?
गतवर्ष एक कार्यसमिती सदस्यले आफ्नो उम्मेदवारीको निम्ति ५० हजार येन तिरे हुन्थ्यो तर यसपटक १ लाख येन तिर्नुपर्ने भएको छ । यसको कारण के होला भन्ने प्रश्नमा अध्यक्ष सुदन थापा भन्छन, गतवर्षको तुलनामा सदस्यहरुको सङ्ख्यासमेत व्रिध्दी भएको छ र संख्या व्रिध्दीसङ्गै निर्वाचन खर्चको निम्ति सोहीअनुसारको भार सस्थाले लिन नसक्ने भएको हुनाले उम्मेदवारबाट उठाउनुपर्ने बाध्यात्मक अवस्था आएको हो । अर्को कारण, गैरआवासीय नेपाली संघ जापानले यसअघी साधारण सदस्यको निम्ती १ हजार येन उठाएको थियो । नेपालमा भवन निर्माण कार्यको निम्ति(१० डलर भवन निर्माण + ५ डलर अाइसिसी लाइ अनिवार्य पठाउनुपर्ने =१५ डलर) १६५३ येन बराबरको रकम नेपाल पठाउनुपर्ने भएको छ ।

सामान्य विद्यार्थी संगठनमा आबध्द हुन सक्छ त ?
विद्यार्थीहरु पनि संगठनमा प्रवेश गर्न पाउने निर्णय गर्नु एक स्वागतयोग्य कदम मानिएको भएपनि अन्त्यमा यो आकर्षित नारा मात्र भएको प्रमाणित भएको छ अथवा नेपालिमा एउटा उखान छ, ‘माछा, माछा-भ्यागुतो’ जस्तै बनाइएको छ । एनआरएनए जापानमा कार्यसमिति सदस्यले अब १ लाख येन तिर्नुपर्नेछ र विद्यार्थीले उपाध्यक्ष पदसम्म उम्मेदवार हुन पाउने हुनाले ३ लाख ५० हजार येन तिर्नुपर्नेछ । जबकि गतवर्षको अन्तरराष्ट्रिय अध्यक्षको निम्ति २-३ लाख तोकिएको थियो । सामान्य कुक अथवा व्यापारी नै किन नहोस, यो रकम महँगो हो र १ लाख येन कमाउनको निम्ति एउटा सामान्य विद्यार्थीले हप्ताको कम्तिमा २५ घण्टा बराबरको काम गर्नुपर्ने हुन्छ, कुकको लागि १ महिनाबराबरको कमाइ हो भने व्यापारिहरु समेत मारमा पर्नेछन र यसले धेरैलाई अप्ठ्यारोमा पार्ने देखिन्छ । समाजसेवा गर्छु एनआरएनएमा प्रवेश गर्छु भन्नेहरुले महिनामा कम्तिमा ४-५ लाख येन सम्म कमाउनुपर्ने हुन्छ र समय समेत व्यवस्थापन गर्नुपर्ने हुनाले विद्यार्थीको निम्ति यो सस्थामा प्रवेश गर्न खोज्नु असम्भवप्राय: छ । अन्त्यमा यो धनिहरुको सस्थामात्र हो भनेर आफै परिभाषित भएको छ र शुल्क निर्धारण गरिएसङ्गै यसको व्यापक विरोध पनि भएको छ ।