below-header-datsun-ads
CELEBRITIES NEWS

प्रदर्शनमा ‘ग्याङस्टर ब्लुज’ र ‘भुईंमान्छे

IMG_0286

शुक्रबारदेखि दुई फिल्महरु प्रदर्शनमा आएका छन् । रिभेञ्ज लभ स्टोरी फिल्म ‘ग्याङस्टर ब्लुज’ र पोस्टमार्टम गर्ने व्यक्तिको कथा भन्ने फिल्म ‘भुईंमान्छे’ अल नेपाल प्रदर्शनमा आएका हुन् । एकैसाथ प्रदर्शनमा आएका यी दुई फिल्महरु बारे छोटकरीमा चर्चा गरौं ।

‘ग्याङस्टर ब्लुज’
हेमराज विसी निर्देशित फिल्म ग्याङस्टर ब्लुज मा आशिरमान देशराज, आना शर्मा, संयम पुरी, रोजिशा शाही ठकुरी, प्रमोद अग्रहरी, नरेश भट्टराई र अनुपम शर्माको मुख्य भूमिका छ । नेपालगञ्जका टोले गुण्डाहरुको कथालाई लिएर बनाइएको फिल्म लभ, रिभेञ्ज र एक्सनयुक्त छ । सरोज न्यौपानेले निर्माण गरेको फिल्ममा मनिष पन्त कार्यकारी निर्माताको रुपमा रहेका छन् । ग्याङस्टर ब्लुजको हाइप उच्च छ ।

‘भुईंमान्छे’
सम्भवतः नेपाली फिल्ममा यो फिल्मको कथा नौलो हुन सक्छ । पोस्टमार्टमा अर्थात् लाश काट्ने व्यक्तिको कथामा बनेको फिल्ममा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सविन प्रजापति, रामबाबु रेग्मी लगायत कलाकारहरुको अभिनय रहेको छ । नवराज बुढाथोकीको निर्देशन रहेको फिल्मलाई निरुपा राज्यलक्ष्मी थापा र रोहीनि भट्टराईले निर्माण गरेका हुन् ।