below-header-datsun-ads
NEWS

जनसम्पर्क समिति जापानद्वारा बाढी पिडितको निम्ति संकलित रकम नेपाल पठाइयो

IMG_0308

नेपाली जनसम्पर्क समिति जापानले नेपालका तराई लगायतका क्षेत्रमा गएको विनासकारी बाढीका कारण विचल्लीमा परेका परिवारलाई राहत रकम पठाएको छ।

मंगलबार एक समारोहका बीच जनसम्पर्क समितिका जापान सभापति डिपी कँडेलको सहभागितामा जापानमा संकलित रकम मध्ये नगद एक लाख ८० हजार रुपैया हस्तान्तरण गरेको हो। टोकियो सिनओकुवोमा रहेको क्युएस रेमिट मार्फत सो रकम हस्तान्तरण भएको हो।

जापानमा गत साताबाट नेपाली मनकारी दाताहरुबाट संकलन सुरु गरिएको सहयोग अभियानमा जम्मा भएको रकम हस्तान्तरण गरिएको हो। समारोहमा नेपाली जनसम्पर्क समितिका सभापति सहित उपाध्यक्षद्धय पुष्करजंग थापा,पिताम्वर चापागाई, कोषाध्यक्ष बावुराम सापकोटा, महामन्त्री रामजंग कार्की, सदस्यहरु लक्ष्मण थापा, वासुदेव लामिछाने लगायतको उपस्थिति रहेको थियो।

सो रकमले हाल तराईका पचास बढी परिवारका लागि एक सेट बाल्टी सहित परिवारका लागि आवश्यक खाध्यान्ह, लत्ताकपडा र त्रिपाल लगायतका सामाग्रीहरु समावेश गरेर वितरण गर्ने सभापति कँडेलले सो अवसरमा जानकारी दिनुभयो। राहत वितरण टाेलीले हाल तरार्इका सुनसरी, सप्तरी, सिराह, माेरगंका विभिन्न क्षेत्रमा राहत सामाग्रीहरु हस्तान्तरण गर्दै अाएकाे छ।

यसैबीच सभापति कँडेलले पहिलो चरणमा संकलित रकमको पहिलो किस्ता हस्तान्तरण गरिएको र अभियानमा सहयोग गर्ने बचन दिएकाहरुबाट संकलन बाँकी रकम छिटटै नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा हस्तान्तरण गरिने जानकारी दिनुभयो।