below-header-datsun-ads
CELEBRITIES NEWS

गायिका सुनितामी परियारलाई आँखा मार्दा पर्‍यो पिरलो(भिडियो)

यतिबेला गायिका सुनितामी परियारलाई एउटा कुराले पिरलो पारेको छ, त्यो के भने उनलाई जस्ले आखा मारेको हो उसैको कारणले आजकाल घाइते बन्न बाध्य बनेकी छिन । आफुले मन पराएको मान्छेको मनमा बसाइसराइ गरेर आफ्नो बनाएर लग्नको लागी आग्रह गर्दा धेरै नै थकित भएपछी उनलाई पिरलो परेको हो । तर उनको यो पिरलो वास्तविक जिवनमा नभएर एक लोकगितमा आफुले आवाज भर्ने क्रममा व्यक्त गरिएको भावना हो ।

सरगम संगीत प्रालिको प्रस्तुतिमा चर्चित गायिका सुनितामी परियारको लोकदोहोरी गीत “आँखा मार्योंनि” बजारमा आएको  हो । बहुचर्चित सर्जक शिब हमालको उत्कृष्ट शब्द र सुनितामी परियारको मनछुने लय सृजनामा बजारमा आएको उक्त गीतमा आवाज भने चर्चित गायिका सुनितामी परियार र अर्जुन सुनामले दिएका छन । मोडल तथा गायक सुमन परियार र सबिता परियारको दमदार अभिनय रहेको गीतको निर्देशन भने बिनोद सुन्दासले गरेका हुन् ।सन्तोष ढकालको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने किशन बिसीले गरेका हुन्, गीत निकै उत्कृष्ट बनेको छ । २०० भन्दा बढी गितहरुमा आफ्नो आवाज भरिसकेकी सुनितामी परियारको यो नयाँ गितको निम्ती हाम्रो तर्फबाट शुभकामना ।
भिडियो हेर्नुहोस :