below-header-datsun-ads
NEWS

‘पुर्ण गुरुङ्ग बचाऔं’अभियानमा सहयोग गर्न लोक तथा दोहोरी गित प्रतिष्ठान जापान शाखाको अनुरोध

purna gurung 1
टिचिङ अस्पताल काठमाण्डौ भित्र बेडमा पल्टिरहेका गाएक तथा सङ्गितकार पुर्ण गुरुङ्गको भिडियो हेर्दा धेरै जना भावविह्वल भएका छन । जिवनभर सङ्गितकर्ममा लागेका पुर्ण गुरुङ्ग मृगौलामा आएको समस्याले गर्दा अस्पतालमा छट्पटाएर बस्नुपरेको छ । आफ्नि श्रीमतिले रुँदै हारगुहार गरिरहेकी छिन र भनिरहेकी छिन् ‘मेरो श्रीमानलाई बचाइदिनुस प्लिज’ अब त आफुसङ्ग भएको सबै सम्पत्ती सकियो र बेच्नको लागी पनि केही छैन । यस्तो दृश्य देख्ने जोकोहिको मनमा यस्तो भाव आउँछ कि भगवान पनि कत्ती निष्ठुरी रहेछन् ।
काठमाण्डौमै बसेर लामो समयदेखी गित एरेन्ज र गाएनमा लागेका पुर्ण गुरुङ्गलाई यतिबेला बज्रपात परेको छ । २ श्रीमति रहेका पुर्ण गुरुङ्गका आफ्ना छोरिहरु भेट्न आउँदा निकै खुशी भएको बताउँछन । उपचारको निम्ती १५-२० लाख खर्च लाग्ने तर अहिले आफुसङ्ग औषधी किन्नेसमेत पैसा नभएकोले सहयोगको निम्ती आग्रह गरिएको छ ।
यसैबिच कलाकारको निम्ती कलाकारले नै सहयोग गर्नुपर्छ भन्ने उधेश्यले राष्ट्रीय लोक तथा दोहोरी गित प्रतिष्ठान जापानले ‘सङ्गितकार पुर्ण गुरुङ्ग बचाऔं अभियान’ सुरु गरेको छ । भर्खरमात्र नयाँ कमिटी गठन भएको यस संस्थाले ५० हजार जती उठिसकेको र सबै जापानबासी नेपालिहरुले पनि सहयोग गरिदिनुहुन आग्रह गरेको छ । सहयोगको लागि खाता न. (१००५०-७४५००३० जेपी बैङ्क ) रहेको छ ।
एउटा गरीब परिवारको व्यक्ती जो जिवनभर सङ्गित सिर्जनामा लागेर आज त्यसरि तड्पिनुपर्दा धेरै कलाकारले अनुमान गरेका छन् कि, जिबन नै यसैमा समर्पित गर्नेहरु बिरामी पर्दा अस्पतालमा रुँदै बस्नुपर्ने हो त ? यस्ले धेरैलाई सोचमग्न बनाएको छ ।
भिडियो हेर्नुहोस….
https://youtu.be/oft2yTAEZK8