below-header-datsun-ads
NEWS

जापानको नागोयामा एक नेपाली महिलाको निधन

IMG_0368

नागोयाको खामिदामा बस्दै आउनुभएकी चितवन लंखुकी भिमा कँडेलको पाण्डेको हिजो बेलुका निधन भएको छ । कँडेलको सिनोदावासी स्टेशन नजिकै नागोया हार्ट सेन्टरमा हिजो राती ११ बजे निधन भएको उहाँका भिनाजु विनोद सापकोटाले जानकारी दिनुभयो ।

करिव डेढ महिना अगाडि जापान आउनुभएकी कँडेलको आएको ८/१० दिनमा नै स्वासप्रश्वासमा समस्या आएकोले अस्पताल लगिएको थियो । उहाँका श्रीमान करिब डेढ बर्ष अगाडिबाट जापानमा हुनुहुन्छ ।मृतक कँडेलको शव अस्पतालको शव गृहमा राखिएको छ । उहाँको अत्येष्टी यही सेप्टेम्बर १९ तारिख मंगलबार साढे ९ बजे गरिने भएको छ । अन्त्येष्टिमा सहभागी भईदिनका लागि जापानमा रहेका चितवनबासी, एनआरएन लगायत बिभिन्न संघसंस्थामा आबध्द एवं नागोया क्षेत्रका नेपालीहरूलाई परिवारले अनुरोध गरेको छ ।