below-header-datsun-ads
NEWS

जापानमा १०० वर्षभन्दा बढि उमेरका मानिसहरुको नयाँ किर्तिमान

IMG_0367

कल्याण मन्त्रालयले शुक्रबार जनाए अनुसार आधुनिक चिकित्सा र उच्च स्वास्थ्य सतर्कताले गर्दा जापानमा सय वर्षमाथिको जनसंख्या गत वर्षभन्दा २१३२ ले बृद्घि भएर किर्तिमानी ६७८२४ पुगेको छ ।

लगातार ४७औँ पटक बृद्घि भएको संख्यामा महिलाहरुको ८७.९ प्रतिशत संलग्नता रहेको सेप्टेम्बर १५ को जनसंख्या अनुमानका आधारमा स्वास्थ्य , श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।

गत वर्षभन्दा ३० ले बढेर पुरुषहरुको संख्या ८१९७ र २१०२ ले बढेर ५९६२७ पुगेको छ । आगामी मार्चको अन्त्यसम्ममा यो संख्या ३१०९७ ले बृद्घि हुनसक्ने अनुमान गरिएको छ जसका कारण १०० वर्ष माथिको जनसंख्या गत वर्ष भन्दा ३५० बढि हुने छ ।

अगस्त १९०० मा जन्मेकी दक्षिणपश्चिम जापानको कगोशिमा प्रान्तको किकाइ शहरकी ११७ वर्षिया नाबि ताजिमा जेष्ठ महिला हुन् भने जुलाइ १९०५ मा जन्मेका उत्तरी जापानको होकाइडो टापुको एसोरोका ११२ वर्षिय मासाजो नोनाका जेष्ठ पुरुष हुन् ।

गिनिज विश्व किर्तिमानमा विश्वकै सवैभन्दा बढि उमेरका व्यक्तिको रुपमा सुचिकृत ११३ वर्षिय इज्रायलका एक व्यक्तिको मृत्युपछि नोनाको सबैभन्दा बृद्घ पुरुष बन्न सक्ने छन् ।

२०१६ को सर्भेक्षण अनुसार जापानमा पुरुषको औषत आयु ८०.९८ र महिलाको ८७.१४ रहेको छ ।

देशका प्रधानमम्त्रीद्वारा १०० वर्ष माथिका नागरिकहरुलाइ शुद्घ चाँदीको कप प्रदान गरिँदै आएकोमा गत वर्षदेखि खर्च कटौति गर्नका लागि सरकारले चाँदीको लेप लगाएको कप दिने निर्णय गरेको छ ।