below-header-datsun-ads
NEWS

नबिन गुरुङ्गको अध्यक्षतामा भलिबल सङ्घ जापान गठन

IMG_0376

भूतपुर्व राष्ट्रिय खेलाडी नबिन गुरुंगको अध्यक्षतामा भलिबल संघ जापान कमिटिको गठन भएको छ । जापानमा रहेर भलिबल खेलमा सक्रीय खेलाडिहरुको सक्रीयतामा भएको कमिटि गठन कार्यक्रममा जापानका सामाजिक सस्था, पत्रकार, एनअारएनए जापानका प्रतिनिधि र राजनैतिक संगठनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

संघको बरिष्ठ उपाध्यक्षमा लोकेश खत्री, उपाध्यक्ष मदन साउद, महासचिव मुक्ती सुबेदि, सचिव भबिन थापा, कोषाध्यक्ष दिपेश खत्री, सदस्यहरुमा भिक्टर ठाडा मगर, भरत मल्ल, हितु थापा, महेन्द्र भण्डारि, महेन्द्र सहानि, राम मल्ल, देव केसि, कुलबिर थापा, देवेन्द्र केसि, अमृत आचार्य, राम लमिछाने, कमल थापा, प्रकाश चन्द्र जोसि, जिवन खड्का, राजु बस्नेत , काले भाइ, रामु थापा, अमर भण्डारि, केशव केसी रहेका छन् भने बरीष्ठ सल्लाहकारमा श्रीभक्त गुरुङ्ग, रत्न बस्नेत, फर्शुराम बस्नेत अनी सल्लाहकारहरू हिमाल कँडेल , हिरा शेरचन, घम्बिर भण्डारि, कान्छा गुरुङ्ग, गिरी प्रसाद शेरचन, सबिता श्रेष्ठ र पुष्करजंग थापा रहेका छन ।

अनौपचारिक रुपमा कस्तो टिम बनाउने भनेर छलफल गरेपश्चात औपचारिक रुपमा कार्यक्रमलाई अगाडि बढाइएको उक्त कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले रहेका थिए । जनसंपर्क समिती जापानका उपसभापती पुष्करजङ्ग थापा, ओेएन एफ जापानका पर्सुराम बस्नेत, एनआरएनए आइसीसी महिला प्रतिनिधि सबिता श्रेष्ठ, तमुधि जापानका अध्यक्ष तथा पश्चिमाञ्चल भलिबल सङ्घका सस्थापक अध्यक्ष श्रिभक्त गुरुङ्ग, गल्कोट समाजका सल्लाहकार चन्द्र ब. खत्री लगाएतले सस्थाको प्रगतिको निम्ती शुभकामना दिएका थिए । नबिन गुरुङ्ग सभापति रहेको कार्यक्रमको सन्चालन मुक्ति सुबेदिले गरेका थिए ।

उक्त कार्यक्रममा सस्थाको विकासको निम्ति सहयोग गर्नुहुने चन्द्र बहादुर खत्री, हिमाल कंडेल, श्रिभक्त गुरुङ्ग, शिव प्रसाद पौडेल, पुष्करजङ्ग थापा, पर्शुराम बस्नेत, नर बहादुर थापा, लोकेश खत्री, नबिन गुरुङ्ग, सबिता श्रेष्ठलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

आजै बसेको पहिलो बैठकले केही नीर्णयहरु गरेका छन् जसअन्तर्गत सस्थाको वार्षिक कार्यक्रम अन्तर्गत जापानमै रहेका नेपालीहरुबिच पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गर्ने, सदस्यता वितरण कार्यलाई विस्तार गर्ने र आधिकारिक रुपमा नेपालमा दर्ता प्रक्रिया अघाडि बढाउने लगायतका रहेका छन् ।