below-header-datsun-ads
NEWS

गायक तथा सङ्गितकार रामकृष्ण बममल्लको ‘सहयात्रा’ विमोचन हुँदै

sahayatra

लोक दोहारी गीत प्रतिष्ठान जापान शाखा र अन्तराष्ट्रीय साहित्य समाज जापानको आयोजनामा आगामी आइतबार(१९ नोभेम्बर २०१७)का दिन  रामकृष्ण बम मल्ल द्धारा संगीतबद्ध आधुनिक गीति एल्बम ‘सहयात्रा’को विमोचन हुने भएको छ ।

जापानको बाराकाँडे गुड टाईम्समा दिउँसो २:३० बजे एल्बमको विमोचन हुने छ । यस एल्बमलाई आर.एस डिजिटलले बजारमा ल्याएको हो । उनको एल्बममा प्रवासमा रहेका सर्जकहरुले शब्द दिएका छन् । एल्बमलाई नारायण कँडेल, लक्ष्मण कार्की, रविन शर्मा लगायतले शब्द दिएका छन् भने मल्लको सोलो संगीत रहेको छ ।

एल्बममा रामकृष्ण ढकाल, समुन केसी, सुरज थापा, राज सिग्देल, जुनु रिजाल, श्रीकृष्ण बम मल्ल, मेनुका पौडेल, र उतम खड्काले स्वर दिएका छन् । उक्त समारोहमा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।