below-header-datsun-ads
CELEBRITIES

जापानमा ‘ऐश्वर्य’ प्रदर्शनको तयारी तिब्र

aishwarya

नेपालभर भव्यरुपमा  प्रदर्शन भइरहेको  फिल्म ‘ऐश्वर्य’ जापानमा प्रदर्शन हुने भएको छ । अागामी नोभेम्बर १९ तारिखमा टोकियोकाे नाकानो जेरो हलमा फिल्म ‘ऐश्वर्य’ प्रदर्शनको तयारी तिब्र रुपमा अगाडी बढाएको आयोजकले बताएको छ । । डेस्टिनी क्रियसनले टोकियोमा ‘ऐश्वर्य’ फिल्म प्रदर्शन गर्न लागेकाे हाे ।

युट्युवमा हेरिएको ‘तिमी रोएको पल तिमीलाई’ गीत चर्चामा रहेको यो फिल्म प्रदर्शनमा अभिनेता रमेश उप्रेती समेत उपस्थित हुनेछ्न् । नेपालमा राम्रो कमाइ गरिरहेको फिल्मले दर्शकको ठुलो माया पाएको छ ।  फिल्मलार्इ दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा अभिनेता रमेश उप्रेती ,केकी अधिकारी, दीपिका प्रसाइँ, अर्जुन श्रेष्ठ, केशब भट्टराई, सुनिता ठाकुर, विकास खतिवडा र अमित पोखरेल लगायत कलाकारको अभिनय गरेका छन् । फिल्म टोकियोबाहेक तोचिगी, नागोया र फुकुओका लगायत शहरमा प्रदर्शन गरिनेछ ।