below-header-datsun-ads
NEWS

आर्थीक अभावका कारण अस्पतालमा छट्पटाइरहेकी छिन् मिनु श्रेष्ठ

received_1575316172522145

मुक्ती सुबेदि (टोक्यो जापान)

received_1575316172522145

२२ वर्षको कलिलो उमेरको व्यक्ती जिवनमा सङ्घर्ष गर्छु भनेर अगाडी बढिरहेको समयमा एक्कासी अस्पतालको बेडमा समय बिताउनुपर्दाको पिडालाई व्यक्त गर्न कत्तिको गाह्रो हुन्छ होला ? कास्किको लेखनाथ नगरपालिका १० पोखरा ज्योतिकुन्ज विध्यालयमा अध्ययनरत मिनु श्रेष्ठ अहिले जिवन-मरणको दोसाँधमा आफ्नो जिवन व्यतित गरिरहेकी छिन् । स्कुल गएर फर्केकी छोरी एक्कासी घरमा बेहोस अवस्थामा आमाले भेटेर हतार-हतार गर्दै अस्पताल पुर्याएपछी आजसम्म उठेकी छैनन्।

अहिले आइसियुमा उपचार गरिरहेकी मिनुको उपचारको निम्ती प्रत्येक दिन २५ देखी ३० हजारसम्म खर्च लाग्ने गरेको पारिवारिक स्रोतले बताएको छ ।
पोखराको मनिपाल अस्पतालमा उपचाररत मिनालाई टाउकोमा पानी जमेको कारणले शल्यकृया गरिएको थियो । त्यसपछी निमोनिया भएपछी घाँटिको शल्यकृया गरेलगत्तै पुन: टाउकोमा पानी जमेपछी ढाडबाट पानी निकालिएको थियो । एकैपटक ३ वटा रोग लागेपछी परिवारमा झन पिडा थपिएको छ । आफ्नो आफन्त र छिमेकिको सहयोगमा अहिलेसम्म उपचार गराइरहेको र यसपछी आफुहरुसङ्ग पैसा नभएकोले देशविदेशमा रहेका नेपाली दाजुभाइहरुलाई आग्रह गरिएको छ ।

यसबारेमा सरकारलाई आग्रह गरेपनी कुनै सहयोग गर्न नसकिने बताएपछी सहयोगको निम्ती सबैमा अनुरोध गरिएको छ । मिना आफ्नो घर नजिकैको विध्यालयमा शिक्षिकाको रुपमा कार्यरत थिइन । आइसियुमा उपचार गराउदा गराउदै आफुसङ्ग भएको सबै पैसा सकिएपछी परिवारले सम्पुर्ण नेपालीहरुमाझ सहयोगको निम्ती आह्वान गरेको छ ।

जापानमा रहेर सहयोग गर्न चाहने व्यक्तीहरुले उनको मामा जुन कुमार श्रेष्ठ (०८०-४५१७-५९७० जेपी बैङ्क खाता १८१९०-४०५८७७६१ シレスタ ジョシクマル) लाई सम्पर्क गर्न सकिनेछ भने नेपालमा सहयोग गर्न चाहने व्यक्तिले बिनिता श्रेष्ठको साङ्ग्रीला बैङ्कको खाता (६०१४००-१११६२७-०००००१) ९८०४१९५८४४ मा सम्पर्क गर्न सकिनेछ ।