नेपाल भलिबल सङ्घको आयोजनामा टोकियोमा भलिबल प्रतियोगिता हुँदै

जापानमा भर्खरै स्थापना गरिएको संस्था नेपाल भलिबल सङ्घ जापानले जुलाईको २० तारिक शुक्रबारका दिन जापानभरिका खेलाडिहरुको बिचमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै नेपालको राष्ट्रीय खेल भलिबलको प्रवर्ध्दनका निम्ती जापानमा स्थापना गरिएको आधिकारिक संस्था नेपाल भलिबल सङ्घ जापानले जापानमा रहेका सबै भलिबल प्रेमिहरुलाई एकजुट हुन पनि आग्रह गरेको छ ।
टोकियोको ओता-कु हिगाशी कामतामा रहेको सोगो ताइकु कान खेलग्राउण्डमा प्रतियोगिता हुने भएकोले सबैलाई तयार रहन आग्रह गर्दै पुरष्कारको बारेमा छिट्टै जानकारी गरिने अध्यक्ष नबिन गुरुङ्गले बताएका छन् ।

नेपाल–भारत इपिजीको अन्तिम बैठक असारमा

काठमाडौं २० चैत ।
१८ देखि २० जेठका लागि डाकिएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को अन्तिम बैठक १५ र १६ असारमा बस्ने तय भएको छ । भारतीय सदस्यहरूको प्रस्तावमा बैठकको मिति तय भएको हो । यसअघि आठवटा बैठक बसिसकेको इपिजीको म्याद २० असारमा सकिँदै छ ।

बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सके साझा प्रतिवेदन तयार हुनेछ । तर, यसबारे भारतीय सदस्यले स्पष्ट जवाफ नदिँदा सहमति हुने–नहुने निश्चित भइनसकेको नेपाली पक्षको बुझाइ छ ।

बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सके साझा प्रतिवेदन तयार हुनेछ । तर, यसबारे भारतीय सदस्यले स्पष्ट जवाफ नदिँदा सहमति हुने–नहुने निश्चित छैन ।

२९ र ३० चैतमा दिल्लीमा बसेको इपिजीको आठौँ बैठकमा १९५० को नेपाल–भारत सन्धि र नेपाल–भारत सीमा नियमनको विषयमा आठ घन्टाभन्दा लामो छलफल भएको थियो । सोही बैठकले १८ देखि २० जेठसम्म तीन दिन काठमाडौंमा अन्तिम बैठक गर्ने र सहमतिको साझा प्रतिवेदन दुवै सरकारलाई बुझाउने सहमति निकालेको थियो ।
नयाँपत्रिकाबाट