टोकियोमा भोली भलिबल प्रतियोगिता हुँदै, पत्रकार सम्मेलन सम्पन्न

जापानको टोकियोमा यहि आउँदो शुक्रबार नेपाल भलिबल संघ जापानको आयोजनामा हुन गैरहेको भलिबल प्रतियोगिता र टाइ सिटको बारेमा जानकारी गराउने उधेश्यले बिहिबार सोलमारी मुरा हलमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

प्रथम रनिङसिल खुला भलिबल प्रतियोगितामा जापानमा रहेका १० टिमले सहभगिता जनाएको जानकारी गराइएको छ । खेल कामता स्टेशनको ओताकु स्पोर्टस सेन्टर हिगासी कामतामा खेलाइने भएको छ । जापान रहेका संघ सस्था साथै खेलप्रेमी महानुभाव हरुलाई उपस्थितिको निम्ती नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष नबिन गुरुङले प्रेस बिज्ञप्ति सहित अनुरोध गरेका छन्।

खेल सफल पार्न नेपालदेखी नेपाल भलिबल सङ्घका केन्द्रीय सल्लाहकार तथा पोखरा महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा र  सदस्य राजकुमार गुरुङ आज बिहान जापान आइपुगेका छन ।

टोकियोमा भलिबल प्रतियोगिता हुँदै, नाम दर्ताको लागी आह्वान

नेपाल भलिबल सङ्घ जापानले जुलाईको २० तारिक  शुक्रबारका दिन जापानभरिका खेलाडिहरुको बिचमा आयोजना गर्न लागेको रनीङ  शिल्ड भलिबल प्रतियोगितामा टिम दर्ताको लागी आह्वान गरेको छ । ‘स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै नेपालको राष्ट्रीय खेल भलिबलको प्रवर्ध्दनका निम्ती जापानमा स्थापना गरिएको आधिकारिक संस्था नेपाल भलिबल सङ्घ जापानले भलिबल प्रेमिहरुलाई एकजुट हुन पनि आग्रह गरेको छ । 

प्रतियोगितामा प्रथम हुनेले ३ लाख यन, द्वितिय हुनेले २ लाख यन र तृतिय हुनेले १ लाख यनको साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन । साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी लाई ८ वटा (Best player, Best spiker, Best difence, Best setter, Best blocker, Best server, Best discipline, Best quicker )फरक फरक विधामा सम्मान गरिने छ ।  टोकियोको ओता-कु हिगाशी कामतामा रहेको सोगो ताइकु कान  खेलग्राउण्डमा प्रतियोगिता हुने भएकोले खेलकुदप्रेमी सबैलाई तयार रहन आग्रह गरीएको छ।  

आजैबाट नाम दर्ता प्रकृया सुरु गरिएको र जुलाईको १५ तारिखसम्म सहभागी हुन चाहने टिमले नामावली उपलब्ध गराइ सहयोग गरिदिनुहुन संयोजक नबिन गुरुङले जापानबासी खेलप्रेमी सबैलाई आग्रह गरेका छन्।

जापान भर्सेस सेनेगल, कुन देश बन्ला त बिजेता ?

पहिलो खेलमा समूह ‘एच’ कै बलियो मानिएको कोलम्बियालाई २-१ ले हराएको जापानले आइतबार राति पौने ९ बजे सेनेगलसँग खेल्दै छ । सेनेगलले पनि आˆनो पहिलो खेलमा पोल्याण्डलाई २-१ गोलले नै हराएको थियो ।

अघिल्लो रचणमा जानका लागि महत्वपूर्ण रहेको सेनेगलविरुद्धको खेलमा जापानका मिडफिल्डर केसुके होन्डा हुने छैनन् । पहिलो खेलमा दास्रो रोजाइमा मैदान आएका उनी घाइते भएका थिए । यस्तै ओकाजाकीको स्थानमा भने ओसाकालाई खेलाइँदै छ ।

सेनेगलले पहिलो खेलमा पोल्याण्डसँग खेलाएको टोली नै जापानविरुद्ध उतार्दैछ ।

यसअघि जापानसँग भएको तीन मैत्रीपूर्ण खेलमा सेनेगल अपराजित रहेको छ । दुई खेल जितेको थियो भने एक खेल बराबरी भएको थियो । सेनेगलले जापानलाई सन् २००१ मा २-० ले साथै २००३ मा १-० ले हराएको थियो ।

जापानले सेनेगललाई हराएमा विश्वकप समूह चरणमा लगातार पहिलो दुई खेल जित्ने एसियन देश हुने छ ।

जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेपछि लगातार सहभागिता जनाइरहेको छ । त्यसबेला समूह चरणबाटै बाहिरिएको जापान त्यसपछि २००२ मा अन्तिम १६ सम्म पुग्यो ।

सन् २००६ मा समूह चरणबाटै बाहिरिएको जापान २०१० मा अन्तिम १६ मा पुगेको थियो । गएको ब्राजिल विश्वकप २०१४ मा पनि जापान समूह चरणबाटै बाहिरियो । समग्रमा जापानको विश्वकप सहभागिता मात्रै बनिरहेको छ ।

यसपटक युरोपमा फुटबल खेल्ने केही अनुभवी खेलाडी रहेको जापान टिमले सम्झनलायक खेल प्रदर्शन गर्दै अघिल्लो चरणसम्म पुग्ने अनुमान गरिएको छ । त्यसमा पहिलो खेलमा देखाएको लयलाई निरन्तरता दिन आवश्यक छ ।

जापानले विश्वकपमा ५ खेल जितेको छ । ४ खेल बराबरी गरेको छ । ९ खेल हारेको छ । जसमा १६ गोल गरेको जापानले २३ गोल खाएको छ ।
जापानले विश्वकप छनोटमा ६ खेल जितेको थियो । २ खेल बराबरी गरेको थियो भने २ खेल हारेको थियो । जसमा १७ गोल गरेको जापानले ७ खेल हारेको थियो ।

उता फिफा वरियतामा २७ औं स्थानमा रहेको सेनेगल दोस्रोपटक विश्वकपमा सहभागी हुँदै छ । १२ पटक विश्वकप छनोटमा सहभागी भएको सेनेगलले यसअघि सन् २००२ को विश्वकप खेलेको थियो ।

सन् २००२ मा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराएर सनसनी मच्चाएको सेनेगलले समूह चरणमा डेनमार्क र उरुग्वेसँग बराबरी खेलेको थियो । अन्तिम १६ को खेलमा स्वीडेनलाई २-१ ले हराएको सेनेगल क्वाटरफाइनलमा टर्कीसँग १-० ले पराजित भएको थियो ।

विश्वकपको पहिलो सहभागितामै क्वाटरफाइनलसम्म पुगेको सेनेगेल यसपटक पनि त्यही लय फर्काउन सक्षम देखिन्छ । पहिलो खेलमा पोल्याण्डलाई हराएबाट पनि त्यो प्रस्ट हुन्छ ।

सेनेगलले विश्वकपमा अहिलेसम्म ३ खेल जितेको छ । २ खेल बराबरी खेलेको छ । १ खेल हारेको छ । जसमा ९ गोल गरेको सेनेगलले ७ गोल खाएको छ ।

सेनेगलले विश्वकप छनोटमा ४ खेल जितेको थियो । दुई खेल बराबरी खेलेको थियो । जसमा १० गोल गरेको सेनेगलले ३ गोल खाएको थियो ।

प्रमुख खेलाडी

सडियो माने – सेनेगल

अफ्रिकन फुटबल इतिहासकै सबैभन्दा महंगा खेलाडीको कीर्तिमान बनाउँदै सन् २०१६ मा ३४ मिलियन पाउण्डमा इंग्लिस क्लब साउथहृयाम्टनबाट लिभरपुल गएका माने आफ्नो खेलशैलीका लागि चर्चित छन् ।

लिभरपुलमा जस्तै सेनेगलको राष्ट्रिय टिममा पनि तीब्रता, पास र बल बढाउने कौशलका कारण माने प्रमुख खेलाडी बनेका छन् । सन् २०१२ देखि सेनेगलको राष्ट्रिय टिममा रहेका उनले ५० खेलमा १४ गोल गरेका छन् ।

माया योसिदा – जापान

सभ्य र स्टाइलिस सेन्टर ब्याक खेलाडी हुन् माया योसिदा । उनको खेल मैदानमा प्रत्यक्ष गएर हेर्ने हुन् या टेलिभिजनको पर्दामा, विपक्षी नै भए पनि मोहित बनाइदिन्छन् ।

सन् २०१० देखि जापानको राष्ट्रिय टिममा रहेका योसिदा भरपर्दा खेलाडी हुन् । उनी सन् २०१२ देखि इंग्लिस क्लब साउथहृयाम्टनमा व्यावसायिक फुटबलमा आबद्ध छन् । त्यसअघि उनी २००७ देखि २००९ सम्म जापानमा र २०१० देखि २०१२ सम्म नेदरल्याण्ड्समा क्लब फुटबल खेल्थे । राष्ट्रिय टिमबाट खेलेका ८१ खेलमा उनले १० गोल पनि गरेका छन् ।

source:onlinekhabar

विश्वकप फुटबल: पोर्चुगल वीरुध्द स्पेन, बाजी कस्ले मार्ला ?

रसीयामा चलीरहेको विश्वकप फुटबलमा पोर्चुगल  र स्पेनबिच नेपाली समय ११:४५ मा हुन गैरहेको खेललाई विषेश रुपमा हेरिएको छ । दुवै टिम विश्वकप बिजेता बन्ने सम्भावित टिम हुन । युरोकप जितेर आएको पोर्चुगल र यो भन्दा पहिले २०१० मा विश्वकप जितिसकेको स्पेन दुबै टीमका समर्थकहरुले आ-आफ्नै ढङ्गबाट आङ्कलन गरे पनि वास्तविकता के छ त भन्ने कुरा तल उल्लेख गरिएको छ ।  

पोर्चुगल:

विश्वकप खेल्ने तीन महादेशीय च्याम्पियन मध्ये एक हो पोर्चुगल । दुई वर्षअघि अप्रत्याशित खेल देखाउँदै पोर्चुगलले युरोकप जितेको थियो । रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सम्हालेकाले पनि पोर्चुगल टिममाथि धेरेको आशा छ ।
युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत समूह ‘बी’ मा रहेको पोर्चुगल समूह उपविजेता बन्दै विश्वकपका लागि छनौट भएको थियो । अहिले फिफा विश्व वरियतामा चौथो स्थानमा रहेको पोर्चुगलले यो विश्वकपमा पनि युरोपकमा जस्तै सबैलाई चकित पार्न सक्छ ।
विश्वकप खेल्न लाजिओका नानी, बार्सिलोनाका गोमेज र बार्यन म्युनिखका सान्चेज टिममा नपर्नुले पनि पोर्चुगलको टिम कति बलियो बनेको छ भन्ने अनुमान लगाउन सकिन्छ ।
विश्वकपमा पोर्चुगल अहिलेसम्म ६ पटक सहभागी भएको छ । त्यसमा सन् १९६६ र २००६ मा गरी दुई पटक सेमिफाइनलसम्म पुग्न सफल भएको छ । गएको विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो । पोर्चुगलले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन ।
स्पेन:
सन् २०१० को विश्व विजेता स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । स्पेन उसको कलात्मक फुटबलका लागि विश्वभर चर्चित छ । स्पेनिस ला लिगाका समर्थक विश्व फुटबल प्रेमीमाझ छाएकाले पनि स्पेनिस टिम धेरैको रोजाइँको टिम हो ।
स्पेन अहिलेसम्म १४ पटक विश्वकपमा सहभागी भएको छ । सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको स्पेनले सन् २०१० मा उपाधि उचालेर विश्व फुटबलमा आˆनो उत्कृष्टता सावित गरेको थियो ।

अहिले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले निकाल्ने विश्व वरियतामा आठौँ स्थानमा रहेको स्पेनलाई यसपटक पनि दाबेदारको रुपमा हेरिएको छ ।

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ।

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो ।

 

राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापाले सफाइ पाएका हुन् ।

उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । तर, राज्य विप्लवको कसुर गरेको नदेखिएको फैसलामा उल्लेख छ ।

फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापा सहित खेलाडी पक्राउ परेका थिए ।  

भने २४ कात्तिकमा सबै धरौटी बुझाएर छुटे ।  

अञ्जन केसी र रितेश थापाले ५ लाख, सागरले १ लाख ५० हजार र अन्यले ५० हजार धरौटी तिरेका थिए ।

नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर हारेको भेटिएको भन्दै प्रहरी पक्राउ गरेको थियो । उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिए ।

फिफाले भने उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको थियो ।

Source: Onlinekhabar

नेपाल भलिबल सङ्घको आयोजनामा टोकियोमा भलिबल प्रतियोगिता हुँदै

जापानमा भर्खरै स्थापना गरिएको संस्था नेपाल भलिबल सङ्घ जापानले जुलाईको २० तारिक शुक्रबारका दिन जापानभरिका खेलाडिहरुको बिचमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै नेपालको राष्ट्रीय खेल भलिबलको प्रवर्ध्दनका निम्ती जापानमा स्थापना गरिएको आधिकारिक संस्था नेपाल भलिबल सङ्घ जापानले जापानमा रहेका सबै भलिबल प्रेमिहरुलाई एकजुट हुन पनि आग्रह गरेको छ ।
टोकियोको ओता-कु हिगाशी कामतामा रहेको सोगो ताइकु कान खेलग्राउण्डमा प्रतियोगिता हुने भएकोले सबैलाई तयार रहन आग्रह गर्दै पुरष्कारको बारेमा छिट्टै जानकारी गरिने अध्यक्ष नबिन गुरुङ्गले बताएका छन् ।

अमेरिकी सेनाद्धारा एक बर्षमा पाँच सय नागरिक मारिए

वासिङटन, १९ जेठ / अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४९९ जनाको मृत्यु भएको र १६९ जना घाइते भएका उल्लेख गरिएको छ । अमेरिकी सेनाले इराक, सिरिया, अफगानिस्तान र यमनमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका जनाइएको छ ।

“मारिनु दुखद घटना त हो तर त्यो सुरक्षाको दृष्टिकोणले आवश्यक र जिम्मेवारीपूर्ण नै थियो,” प्रतिवेदनमा लेखिएको छ । सोमालिया र लिबियामा अमेरिकी सेनाद्धारा मारिएकाहरुको कुनै पहिचान हुन नसकेको जनाइएको छ । (रासस/सिन्ह्वा)

विश्वकप अघिको अभ्यास खेलमा : इटालीमाथि फ्रान्सको शानदार जित

काठमाडौं, १९ जेठ । फिफा विश्वकप अघिको अभ्यास खेलमा फ्रान्स र अस्ट्रेलिया विजयी भएका छन् । फ्रान्सले इटलीलाई र अस्ट्रेलियाले चेक गणतन्त्रलाई पराजित गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ को जित दर्ता ग¥यो ।

एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई अग्रता दिलाए ।२९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गरेपछि फ्रान्सले २–० को अग्रता लिएको थियो ।

३६ औं मिनेटमा इटालीका लियोनार्दो बोनुचीले गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६३ औं मिनेटमा फ्रान्सका ओस्माने डेम्बेलेले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

यसैगरी गएराति नै भएको अर्को अभ्यास खेलमा अष्ट्रेलियाले चेक गणतन्त्रलाई ४–० ले हराएको छ । बलियो रुपमा प्रस्तुत भएको अष्ट्रेलियाको खेलका लागि ३२ औं मिनेटमा म्याथ्यू लिकीले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको अष्ट्रेलियाले दोस्रो हाफमा ३ गोल गर्‍यो । एन्ड्रयू नाबोटले ५४ औं मिनेटमा गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए ।

सुरुदेखि चेक गणतन्त्रलाई दबाबमा राखेको अष्ट्रेलियाका लागि म्याथ्यू लिकीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । एकपक्षीय खेलमा चेकका ज्याकुब जुगासले ८० औं मिनेटमा आत्मघाति गोल गरेका थिए । यो विश्वकपमा इटाली र चेक गणतन्त्र सहभागी छैनन् ।

नेपाल–भारत इपिजीको अन्तिम बैठक असारमा

काठमाडौं २० चैत ।
१८ देखि २० जेठका लागि डाकिएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को अन्तिम बैठक १५ र १६ असारमा बस्ने तय भएको छ । भारतीय सदस्यहरूको प्रस्तावमा बैठकको मिति तय भएको हो । यसअघि आठवटा बैठक बसिसकेको इपिजीको म्याद २० असारमा सकिँदै छ ।

बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सके साझा प्रतिवेदन तयार हुनेछ । तर, यसबारे भारतीय सदस्यले स्पष्ट जवाफ नदिँदा सहमति हुने–नहुने निश्चित भइनसकेको नेपाली पक्षको बुझाइ छ ।

बैठकमा दुवै पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सके साझा प्रतिवेदन तयार हुनेछ । तर, यसबारे भारतीय सदस्यले स्पष्ट जवाफ नदिँदा सहमति हुने–नहुने निश्चित छैन ।

२९ र ३० चैतमा दिल्लीमा बसेको इपिजीको आठौँ बैठकमा १९५० को नेपाल–भारत सन्धि र नेपाल–भारत सीमा नियमनको विषयमा आठ घन्टाभन्दा लामो छलफल भएको थियो । सोही बैठकले १८ देखि २० जेठसम्म तीन दिन काठमाडौंमा अन्तिम बैठक गर्ने र सहमतिको साझा प्रतिवेदन दुवै सरकारलाई बुझाउने सहमति निकालेको थियो ।
नयाँपत्रिकाबाट