स्याङ्ग्जा समाज जापानको तीज कार्यक्रममा खुमन, राजन र शोभाले धमाका मच्चाउने

दू:ख, पीडा र विपतमा परेका माथी सहयाेग गर्दै अाईरहेकाे स्याङजा समाज जापानले यस बर्ष हरितालिका तिजकाे अवसर पारेर ‘तिज धमाका २०१८’विभिन्न ठाउहरुमा गर्ने भएकाे छ।

अपाङ्ग  तथा असहायहरुको सहयाेगार्थ तिज धमाका गर्न लागिएकाे हाे । नेपालवाट चर्चित कलाकारहरू लाई निमन्त्रण गरेर जापानमा सहभागी गराउन लागेकाे समाजले नेपालकै ख्याती प्राप्त गायक खुमन अधिकारी, राजन कार्की र कुशल कार्यक्रम संचालिका तथा गायिका शाेभा त्रिपाठी लाई जापनमा हुने सांगितिक कार्यक्रममा सहभागिता गराउने भएको छ।

टोकियोमा १२ तारिख बुधबारका दिन निप्परि स्टेशन बाट १ मिनेटको दुरिमा रहेको सन्नि हलमा साझ ४ बजेदेखि कार्यक्रम सुरु हुनेछ भने सेप्टेम्वर ८  फुकुओका र ९ मा गुन्माकेनमा  हुने छुटाछुटै कार्यक्रममा सहभागी भई  जापानबासि नेपाली दाजुभाइ-दिदिबहिनि हरुलाइ मनोरन्जन दिने आयोजकले बताएको छ ।

२ वर्ष अघी स्याङ्ग्जा समाज जापानकै कार्यक्रमको निम्ती जापान आएका खुमन अधिकारि यस वर्ष आफ्ना नया गितहरुले रमाइलो गराउने हुनाले नाच्नको निम्ती तयार रहन आग्रह गरेका छन भने पहिलोपटक जापान आउन लागेका राजन कार्की थप उत्साहित बनेका छन । दोस्रो पटक जापान आउन लागेकी गायिका तथा कार्यक्रम सन्चालिका  शोभा त्रीपाठिले आफ्नो फरक प्रस्तुतिले  कार्यक्रम भव्य बनाउने बताएकी छिन । 

दिनेश भट्टराइको अभिनय रहेको गीत अमेरिकामा छायाङ्कन, बब्बु थापाले गरे निर्देशन

नेपालमा हजारौँ गितहरु निर्देशन गरेर हाल अमेरिका रहेका निर्देशक बब्बु थापाले एउटा फरक परिवेशको मनोरन्जनात्मक तीज गीतको निर्देसन गरेका छन । अमेरिकामै रहेर आफ्नो व्यवसाय सन्चालन गरेका दिनेश भट्टराइ र मन्जु भट्टराइको अभिनय रहेको उक्त गित हालैमात्र सार्वजनिक भएको छ । 

गायक रुपेश न्यौपाने तथा गायिका टिका पुनको आवाजमा ‘यस पालीको तिज क्या रमाइलो हुने हो अमेरिकामा” नामको बोलको तीज गीतको भिडियो युटुब मार्फत सार्वजनिक भएको छ । गीतमा सूर्य न्यौपानेको शब्द तथा सङ्गीत रहेको छ ।

बब्बु थापाको निर्देशनमा बनेको गीतको भिडियोमा भने दिनेश भट्टराई र मञ्जु भट्टराइलाइ फिचरिङ गरिएको छ । उनिहरुलाई सिस्टर ग्रुप कोलोराडोले सामूहिक नाच गरेर सहयोग गरेका छन् । उक्त तिजको गीतलाई अमेरिकाको डेनभर सहरमा छायाङ्कन गरिएको छ । बब्बु थापाकै कोरियोग्राफर रहेको गीतको भिडियोमा क्रिक गिलोन तथा पवन सिम्खडाको छायाङ्कन, पवन सिम्खडाको सम्पादन छ ।

 

 

लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको अध्यक्षमा गोपीकृष्ण पंगेनी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूएई शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । यूएईस्थित बरदुबईको एभरेष्ट होटलमा असार ८ गते सम्पन्न अधिवेशनले गोपिकृष्ण पंगेनीलाई निर्बिरोध अध्यक्षमा चयन गरेको छ।

दुई वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा ओमकुमारी थयम्वु (खाँड ) र नारायण न्यौपाने चयन भएका छन् । त्यस्तै सचिवमा ओमकार पोख्रेल ,महिला सचिव लक्ष्मी केसी, सह-सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष बिक्रम पौडेल र सह-कोषाध्यक्षमा गोपाल भट्टराई रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा प्रकाश ढकाल, राजेश भण्डारी, हेमबहादुर भण्डारी, अनिस दुवाडी, वीरेन्द्र दंगाल, पारू मगर, हर्क सिंह, रमेश राणा, केविनजंग शाही, नरेन सापकोटा, बिमादेवि न्यौपाने, मनु क्षेत्री, विकाश अधिकारी, होमनाथ कुवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुली रहेका छन् ।

अधिवेशन सम्पन्न गर्नको लागि नेपाल पत्रकार महासंघ यूएई शाखाका सल्लाहकार एकेन्द्र थापा संयोजक रहने गरी एक निर्वाचन समिति निर्माण गरिएको थियो ।

जसमा पत्रकार महासंघ यूएईका सहसचिव निर्भिक नारायण भुर्तेल, सदस्यहरू खिमलाल पाण्डे र रामप्रसाद ढुंगेल सदस्य रहेका थिए ।

अधिवेशनका लागि नेपालबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष तथा बैदेशिक विभाग प्रमुख रमेश बिजी र केन्द्रीय सदस्य कृष्ण आशुसमेत आमन्त्रित थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास, अबुधाबिबाट कार्यवाहक राजदूत सागरप्रसाद फुयाल उपस्थित भएर यूएईमा श्रमरत नेपाली लोकगीतका पारखीहरुलाई प्रोत्साहन प्रदान गरेका थिए ।

उक्त कार्यक्रम लय शब्दका धनी शिव हमालको लय तथा शब्द र रमेश राना, होमनाथ कुवर र जुना श्रीषको स्वरमा रहेको लोक दोहोरी गीत डाडैको वरको समेत बिमोचन गरिएको थियो ।

वरदुबईको एभरेस्ट होटलमा सर्वसाधारणलाई समेत निःशुल्क प्रवेशपास भएको उक्त कार्यक्रममा कलाकारहरुको लाइभ दोहोरी साथै नृत्य प्रस्तुत भएको थियो ।

भदौ २५ मा ‘मेरी मामु’ को रिलिज डेट तय, अश्लेशाको जोडी सारुक

केही दिनमै फ्लोरमा जान लागेको प्रेम गीत निर्माताको नयाँ फिल्म ‘मेरी मामु’ मा प्रेम गीत -२ कि हिरोइन अश्लेषा ठकुरी र सारुक ताम्राकारको जोडी बाधिने भएको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार सेन्ट्रोल क्यारेक्टर ६ बर्षीय आयुब सेन भएपनि अश्लेषा सहित  कुसुम गुरुङ हिरोइन तथा हिरोमा सारुक फाईनल भएका हुन ।

यस्तै यो फिल्ममा नेपालकी पहिलो हिरोइन भुवन चन्द सहित सारुकका पिता तथा पूराना कलाकार सानु ताम्राकार पनि खेल्दैछन् । टिमले दिएको जानकारी अनुसार फिल्ममा अर्की नयाँ अनुहार दुर्गा मल्ल ठकुरी तथा अन्य बाल कलाकारहरु कृजन गौतम र शुभम बिष्ट पनि मुख्य भूमिकामा देखिनेछन् ।

ayub sen and kusum

यम थापाले निर्देशन गर्ने ‘मेरी मामु ‘ चाईल्ड साईकोलोजी जनरमा बन्न लागेको फिल्म हो जसको रिलिज डेट पनि अनाउन्स गरिएको छ । निर्माता सेनका अनुसार सुटिङ र पोष्टप्रोडक्सनको कार्य एउटै गतिमा हुने भन्दै १५ देखि गतेलाई रिलिज डेट तय गरिएको जानकारी दिएका छन् ।   राजधानी र चितवन लोकेशन तय गरिएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

परदेशबाट आफ्नो जन्मघर सम्झदै महेन्द्र न्यौपाने(भिडियो)

लमजुङमा जन्मेर हाल जापानमा काम गरिरहेका महेन्द्र न्यौपानेले आफ्नो जन्मघर सम्झिएका छन लोकगीत मार्फत । ‘लमजुङ दुधपोखरी’ बोलको गित भर्खर मात्र नेपाली साङ्गितिक बजारमा भित्रीएको छ । मन्जु बिक र महेन्द्र न्यौपानेको आवाज रहेको उक्त गितमा सङ्गित भरेका छन सुर्य खड्काले भने शब्द महेन्द्र न्यौपानेको नै रहेको छ । सानैदेखी लोकसङ्गितमा सक्रीय रहेका उनि आफ्नो जन्मभुमिको मायालाई गितमार्फत प्रस्तुत गरेर केही योगदान होस भन्ने चाहन्छन । स्म्रीती तिमील्सिना गुरुआमाको निर्देशन रहेको भिडियोमा प्रकाश सपुत र करिष्मा ढकालको अभिनय रहेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानका जापानका सह- कोषाध्यक्ष समेत रहेका महेन्द्र आफु बाचुन्जेल लोकसङ्गित मै लाग्ने बताएका छन ।  उनले यसभन्दा अघी ‘रहस्य’ बोलको गीतलाई प्रकाशन गरेका थिए । भिडियो हेर्नुहोस..

https://youtu.be/deIbRys05lI

सन्तोष सेनको ‘मेरी मामु’मा आयुव र कुसुम

प्रेम गीत’ र ‘प्रेम गीत २’ जस्ता सफल चलचित्र निर्माण गरेको आसुसेन फिल्मस्को चौथो प्रस्तुतिका रुपमा बन्न लागेको चलचित्र ‘मेरी मामु’ मा ६ बर्षका बालक आयुव सेन र लण्डन निवासी कुसुम गुरुङले अभिनयमा डेब्यु गर्ने भएका छन् ।

चलचित्रमा कुशुमले बालकको आमाको भूमिका निर्वाह गर्ने निर्माता सन्तोष सेनले बताए । आमा छोरा बीचको प्रेमकथा चलचित्रले बोल्ने उनको भनाई रहेको छ । थिएटर अभिनय अनुभव भएकी कुसुमले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयको प्रशिक्षण लिएकी हुन् । उनले सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकबाट धेरैको मन जित्न सफल भएकी थिइन् ।

सानैदेखि अभिनयप्रति रुचि भएकी गुरुङ चलचित्र अभिनयका लागि लण्डनबाट नेपाल आएको निर्माण युनिटले जनाएको छ । गुरुङले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छिन् । बालमनोविज्ञानमा बन्ने चलचित्रका मुख्य पात्र आयुव निर्माता सेनका छोरा हुन् । अहिले वर्कसप भइरहेको चलचित्र ३ असारबाट छायाँकनमा जाने तयारीमा रहेको छ ।

विश्वकप सम्बन्धी बनाइएको लोकगित सार्वजनिक(भीडीयो)

चार वर्षमा एकपटक आउने चाड जस्तै हो फुटबल पारखीलाई ‘विश्वकप’ र एक महिनाभर चल्ने गर्छ। यसबेला धेरैको निद हराउँछ । कलाकारलाई पनि विश्वकपको रौनक उत्तिकै लाग्छ ।

विशेष गरी नेपालमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन, इंग्ल्याण्ड, पोर्चुगल, नेदरल्याण्डका समर्थक बढी छन् । कलाकारले पनि दोहोरी भिडन्तकै रुपमा आफ्नो टोलीको समर्थनमा गीत गाएका छन् । चर्चित गायक राजु ढकाल र रविन लामिछानेको विश्वकप विशेष गीत भिडियो सहित सार्वजनिक भएको छ ।

गायक ढकाल अर्जेन्टिनाका फ्यान हुन् । मेसीलाई मन पराउने ढकाल गीतमा अर्जेन्टिनाकै सपोर्टमा उत्रिएका छन् । उदयमान गायक लामिछाने ब्राजिलको सपोर्टमा छन् । यद्यपी गीतको शब्द लामिछानेको हो भने लय ढकालको हो ।

दुर्गा पौडेलेको सिनेमाटोग्राफी र निर्देशन रहेको भिडियोमा महेन्द्र गौतम, देवेन्द्र क्षेत्री, राजेन्द्र सेडाई, डोलराज बाह्रघरे, सरोज कार्की लगायत देख्न सकिन्छ । एकता फिल्मस्को उत्पादन तथा नविन घर्तीमगरको सम्पादन रहेको भिडियोमा दर्शकले खेलका क्रममा गर्ने गतिविधि, उत्साह, निराशा सबैलाई समेटेको छ ।

भिडियोमा लोकप्रिय गायिका देवी घर्ती मगर, बद्री पंगेनी, मुना थापा मगर, महेन्द्र गौतम, देवेन्द क्षेत्री, रमेशबाबु थापा, राजन गुरुङले आफूलाई मन पर्ने टीमका बारेमा धारणा पनि राखेका छन् ।

भीडीयो…

https://youtu.be/jip87F_FBro

लोकदोहोरी गित ‘बैंसरिको पहिरो’ सार्वजनिक (भीडीयो)

यतिबेला नेपाली लोक साङ्गितिक बजारमा नया गित ‘बैसारीको पहिरो’ सार्वजनिक भएको छ । राम खड्का र रिना थापा मगरले अभिनय गरेको उक्त गितमा सुर्य खड्का र देवी घर्ती मगरले आवाज भरेका छन ।  

प्रदेशमै रहेर पनि गित संगीतमा निरन्तर लागि परिरहेका गायक सर्जक तथा गायक खड्काले म्याग्दीमा खसेको पहिरोलाई सम्झिएर गाएको गीतमा राम खड्काको अभियनलाई जोडेको बताए । सिपि मगरको निकै उत्कृष्ट शव्द सिर्जना रहेको सो गितमा सुर्य खड्काकै लय सिर्जना रहेको छ ।

स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेको सो गितमा राम खड्का र रिना थापा मगरको अभिनय रहेको छ । अभियन गरेका खड्काले आफ्नै जिल्लाका बारेका बनेको गीतमा अभियन गर्न पाउँदा खुसी लागेको बताए । उनले माया प्रेमलाई विषयबस्तु बनाएको भएपनि प्राकृतिक विपत्तीले बैसरीमा पुगेको समस्यालाई लक्षित गरिएको बताए । भिडियोले चर्चा कमाईरहेको छ ।

भीडीयो…

https://youtu.be/6HQb1eeUjU0

लोकसंगीतको उर्वर भूमि ‘स्याङ्जा’

वालिङ, स्याङ्जा (रासस) २६ जेठ । ‘तिमी एक्लै छौ भन्ने थाहा पाको
म स्याङ्जाको मायालु झापाको
स्याङ्जालीलाई नभन जाली,
तिम्रो पनि सिउँदो छ खाली,
लान्छु तिम्लाई सिन्दुरै हाली’(खुमन अधिकारी र विष्णु माझी)

नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली लोक कलाकारको वर्चस्व देखिएको छ । नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली कलाकारहरुले गाएका वा सिर्जना गरेका शब्दहरुले यसको पुष्टि गर्दछ । लोक संगीतका क्षेत्रमा स्याङ्जाका पुराना अग्रज कलाकारमा चन्द्रबहादुर सेन ‘मसाने’, सावित्री शाह, राजेन्द्र लम्साल क्षेत्री, डिलबहादुर श्रेष्ठ, पुरुषोत्तम न्यौपानेलगायत छन् । स्याङ्जाको हालको कालीगण्डकी गाउँपालिका ५ बलाम बेलटारीमा जन्मिनुभएका लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले १७ वर्षका उमेरमा २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो । हालसम्म ४२ भन्दा बढी एल्बम तथा फुटकर गरी एक हजार बढी गीत संगीतमा उहाँले आवाज दिनुभएका न्यौपानेले राष्ट्रिय गीत, भजन, तीज तथा मगर भाषाका गीत बजारमा ल्याउनुभएको छ । न्यौपानेले स्वर दिएका गीतमा ‘ऐना हेरेर’, ‘मिर्मीमुनि काली थुनेको’ लगायत चर्चित छन् ।

पोखरालाई कर्मथलो बनाउनुभएका न्यौपाने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष र वर्तमान संरक्षक हुनुहुन्छ । “कुनैबेला गीत संगीतको छुट्टै महत्व थियो, पहिला क्यासेटहरु धेरै बिक्ने गर्थे र त्यसैको आधारमा कलाकारहरुले रोयल्टी प्राप्त गर्थे” लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय संरक्षक न्यौपानेले भन्नुभयो, “अहिले त्यस्तो छैन, कलाकारहरुले गीत निकालेर चर्चामा आए भने मात्रै विदेश तथा स्वदेशमा हुने मेला महोत्सवका मञ्चमा भाग लिएर आम्दानी गर्न सकिन्छ ।”
हालको चापाकोट नगरपालिका ४ मा जन्मिएर झण्डै १८ वर्षअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘वालिङ बजारमा’ बोलको गीत अभिलेख गराएर नेपाली लोकसंगीतका क्षेत्रमा पाइला चाल्नुभएका गायक रामजी खाणले आठ हजारभन्दा बढी लोक तथा दोहोरी गीत अभिलेख गर्नाका साथै पाँच सयभन्दा बढी गीतमा अभिनयसमेत गर्नुभएको छ । मेला, महोत्सव तथा विदेशका मञ्चमा प्रस्तुति दिने खाणका धेरै गीत चर्चामा छन् । खाँणले स्वर दिएका गीतमा ‘पछ्यौरी लेऊ बैना’, ‘फूल फूलेर पहेँलै भयो’ लगायत चर्चित छन् ।

कालीगण्डकी गाउँपालिका ५ गुरुङ्दीमा जन्मी २०६२ सालमा ‘ईश्वर पनि देब्रे परेछन्’ बोलको गीत अभिलेख गरेर सांगीतिक क्षेत्रमा उदाउनुभएका लोक तथा दोहोरी गायक खुमन अधिकारीले सात हजारभन्दा बढी गीत अभिलेख गराउनुभएको छ । ‘त्यो मन रुन्न होला र’, ‘स्याङ्जालीलाई नभन जाली’ लगायत थुप्रै गीत अधिकारीलाई चिनाउन सफल रहे ।
वालिङ नगरपालिका–४ खाल्टेकी लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले २०५६ सालमा स्वर परीक्षा उत्तीर्ण गरी लोक तथा दोहोरी, एकल, सालैजो, कौडा गरी हालसम्म तीन हजारभन्दा बढी गीतमा स्वर भर्नुभएको छ । गुरुङका ‘मिर्मीमुनि काली थुनेको’, ‘रानीघाटैमा’ लगायत थुप्रै गीत चर्चाको शिखरमा छन् । “नाम चलेका कलाकारहरुलाई खोजी खोजी गीत रेकर्ड गराउने अवस्था बढ्दो क्रममा छ”, गुरुङले भन्नुभयो, “यसले चलेका कलाकारहरुलाई चल्न त सजिलो भएको छ नै तर नवोदित कलाकारहरुलाई भने जीविकोपार्जन गर्न गाह्रो छ । अर्कातर्फ पुरुषहरु प्रायः वैदेशिक रोजागारीमा जाने र महिला कलाकारले घर तथा बच्चाबच्ची सम्हाल्नुपर्ने भएकाले रहर भएर पनि कतिपय कलाकार यो पेशाबाट विस्थापित हुने अवस्था आउने गरेको गायिका गुरुङको भनाइ छ ।

स्याङ्जाली माटामा जन्मेर शब्द सिर्जना गर्ने संगीतकार एकनारायण भण्डारीका हालसम्म छ सयभन्दा बढी गीत अभिलेख भएका छन् । गल्याङ नगरपालिका ९ गेझामा जन्मिनुभएका भण्डारीलाई अहिले शब्द सिर्जना गर्न भ्याई नभ्याई छ । भण्डारीसँग शब्द, संगीत र लयका लागि दिनहुँ नाम चलेका कलाकार तथा नवोदित कलाकार आउने गर्छन् । विसं २०५५ मा लोकगायक बुद्धिसागर बस्यालको स्वरमा ‘देउरालीमा हावा चल्यो मनभित्र हुरी’ बोलको गीत भण्डारीको रचनामा अभिलेख भएको पहिलो गीत हो ।
“गीत संगीतको क्षेत्रमा लागेर गीत चल्यो भने नाम र दाम कमाउन सकिन्छ”, भण्डारीले भन्नुभयो, “व्यावसायिक रुपमा आफूलाई स्थापित गर्न कडा मेहेनतको आवश्यकता छ ।” भण्डारीका दोहोरी गीतमा ‘सुपारी चाम्रो’, ‘लालुपाते नुघ्यो भुइँतिर’ लगायत छन् भने ‘तिर्खा लायो पानी खाएँ’, ‘म बाँचेकै तिम्रै लागि हो’ बोलका आधुनिक गीत चर्चित छन् ।
नेपाली लोकसंगीतका क्षेत्रमा अर्को चिरपरिचित नाम पशुपति शर्मा हो । पुतलीबजार नगरपालिकामा जन्मिनुभएका शर्माका धेरै गीत अहिले चर्चामा छन् । शर्माका स्वरमा रहेका ‘क्याम्पस पढ्न आउनी’, ‘मलाई अमेरिका यहीँ’ लगायत धेरै गीत चर्चामा छन् ।

स्याङ्जा जिल्लामा जन्मिएर गीतसंगीतका क्षेत्रमा योगदान दिने अन्य कलाकारमा भगवान भण्डारी, विष्णु माझी, रमेश बिजी, राजु गुरुङ, शिव हमाल, लोकनाथ सापकोटा, शंकरविरही गुरुङ, आधुनिक गायक रुपक डोटेल, बुद्धिसागर बस्याल, सिर्जनाविरही थापा, घनश्याम रिजाल, राजन कार्की, सुजन लम्साल, गोपाल जिटी, अर्जुन गैह्रे, नेत्रप्रसाद पाण्डे, जगन्नाथ न्यौपाने, मधुर गिरी, रोशन गैह्रे, कृष्ण गुरुङ, दीपक भट्टराई, ज्योति न्यौपानेलगायत सयौंँ छन् ।
विरहको गीत मैले गा’छु
छाँगाबाट खसेझँै म भा’छु
मिर्मीमुनि काली थुनेको
अन्तै माया लाइछौ रे मायाले
साँच्चै हो कि हल्ला सुनेको( पुरुषोत्तम न्यौपाने र शर्मिला गुरुङ)

Source: रासस

चन्द्र खत्रीको वियोगान्त गित ‘सुन कथा’ ले दर्शकलाई रुवायो(भीडीयो)

नेपाली लोक सङ्गित क्षेत्रमा पछिल्लो समय वियोगान्त गितले धेरै दर्शकको मन जितेको छ र बजारमा चर्चा चलिरहेको छ । प्रकाश सपुतको बोल मायाले दर्शकको मन जितिरहेको बेला यतिबेला चन्द्र खत्रीको ‘सुन कथा’ ले धेरै दर्शकलाई रुवाएका प्रतिकृयाहरु आएका छन ।

इश्वर सिंह र कालिका रोक्काको सुमधुर स्वर रहेको लोकदोहोरी गीत ‘सुन कथा’मा मौसम गुरुङ र जुना गुरुङको अभियन रहेको छ भने निर्देशन प्रकाश भट्टले गरेका हुन् । सितल सिजन डिजिटलले यूट्युव मार्फत सार्वजनिक गरेको गीत तथा गीतको भिडियोमा बियोगान्त प्रेमकथा देखाउन खोजिएको छ । राजेश घिमिरेले छायाँकन गरेको गीतलाई वीष्णु शर्माले सम्पादन गरेका छन । प्रेम, वियोग तथा संबेदनाका भावहरु समेटिएको गीत उत्कृष्ट बनेको छ ।

जापानमा रहेर व्यवसाय गरिरहेका चन्द्र खत्रीको यो गित पहिलो भने होईन । उनले यो भन्दा अगाडी पन्चेबाजामा साइली र तिम्ले भुल्न सकेउ के गरी बोलको गितलाई बजारमा पठाइसकेका छन भने अब ‘पिरतिको क ख मायालु’ बोलको गित बजारमा आउने तरखरमा रहेको छ ।  

जापानमा व्यवसाय सङ्गै घुम्टे नौमती बाजा समुहमार्फत लोक सङ्गितमा सक्रीय भएर लाग्न आफुलाई हौसला मिलेको सर्जक चन्द्र खत्री बताउनु हुन्छ ।  

भीडीयो….

https://youtu.be/YjFFoO8fs2I