स्याङ्ग्जा समाज जापानको तीज कार्यक्रममा खुमन, राजन र शोभाले धमाका मच्चाउने

दू:ख, पीडा र विपतमा परेका माथी सहयाेग गर्दै अाईरहेकाे स्याङजा समाज जापानले यस बर्ष हरितालिका तिजकाे अवसर पारेर ‘तिज धमाका २०१८’विभिन्न ठाउहरुमा गर्ने भएकाे छ।

अपाङ्ग  तथा असहायहरुको सहयाेगार्थ तिज धमाका गर्न लागिएकाे हाे । नेपालवाट चर्चित कलाकारहरू लाई निमन्त्रण गरेर जापानमा सहभागी गराउन लागेकाे समाजले नेपालकै ख्याती प्राप्त गायक खुमन अधिकारी, राजन कार्की र कुशल कार्यक्रम संचालिका तथा गायिका शाेभा त्रिपाठी लाई जापनमा हुने सांगितिक कार्यक्रममा सहभागिता गराउने भएको छ।

टोकियोमा १२ तारिख बुधबारका दिन निप्परि स्टेशन बाट १ मिनेटको दुरिमा रहेको सन्नि हलमा साझ ४ बजेदेखि कार्यक्रम सुरु हुनेछ भने सेप्टेम्वर ८  फुकुओका र ९ मा गुन्माकेनमा  हुने छुटाछुटै कार्यक्रममा सहभागी भई  जापानबासि नेपाली दाजुभाइ-दिदिबहिनि हरुलाइ मनोरन्जन दिने आयोजकले बताएको छ ।

२ वर्ष अघी स्याङ्ग्जा समाज जापानकै कार्यक्रमको निम्ती जापान आएका खुमन अधिकारि यस वर्ष आफ्ना नया गितहरुले रमाइलो गराउने हुनाले नाच्नको निम्ती तयार रहन आग्रह गरेका छन भने पहिलोपटक जापान आउन लागेका राजन कार्की थप उत्साहित बनेका छन । दोस्रो पटक जापान आउन लागेकी गायिका तथा कार्यक्रम सन्चालिका  शोभा त्रीपाठिले आफ्नो फरक प्रस्तुतिले  कार्यक्रम भव्य बनाउने बताएकी छिन । 

टोकियोमा भोली भलिबल प्रतियोगिता हुँदै, पत्रकार सम्मेलन सम्पन्न

जापानको टोकियोमा यहि आउँदो शुक्रबार नेपाल भलिबल संघ जापानको आयोजनामा हुन गैरहेको भलिबल प्रतियोगिता र टाइ सिटको बारेमा जानकारी गराउने उधेश्यले बिहिबार सोलमारी मुरा हलमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

प्रथम रनिङसिल खुला भलिबल प्रतियोगितामा जापानमा रहेका १० टिमले सहभगिता जनाएको जानकारी गराइएको छ । खेल कामता स्टेशनको ओताकु स्पोर्टस सेन्टर हिगासी कामतामा खेलाइने भएको छ । जापान रहेका संघ सस्था साथै खेलप्रेमी महानुभाव हरुलाई उपस्थितिको निम्ती नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष नबिन गुरुङले प्रेस बिज्ञप्ति सहित अनुरोध गरेका छन्।

खेल सफल पार्न नेपालदेखी नेपाल भलिबल सङ्घका केन्द्रीय सल्लाहकार तथा पोखरा महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्मा र  सदस्य राजकुमार गुरुङ आज बिहान जापान आइपुगेका छन ।

टोकियोमा भलिबल प्रतियोगिता हुँदै, नाम दर्ताको लागी आह्वान

नेपाल भलिबल सङ्घ जापानले जुलाईको २० तारिक  शुक्रबारका दिन जापानभरिका खेलाडिहरुको बिचमा आयोजना गर्न लागेको रनीङ  शिल्ड भलिबल प्रतियोगितामा टिम दर्ताको लागी आह्वान गरेको छ । ‘स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै नेपालको राष्ट्रीय खेल भलिबलको प्रवर्ध्दनका निम्ती जापानमा स्थापना गरिएको आधिकारिक संस्था नेपाल भलिबल सङ्घ जापानले भलिबल प्रेमिहरुलाई एकजुट हुन पनि आग्रह गरेको छ । 

प्रतियोगितामा प्रथम हुनेले ३ लाख यन, द्वितिय हुनेले २ लाख यन र तृतिय हुनेले १ लाख यनको साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन । साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी लाई ८ वटा (Best player, Best spiker, Best difence, Best setter, Best blocker, Best server, Best discipline, Best quicker )फरक फरक विधामा सम्मान गरिने छ ।  टोकियोको ओता-कु हिगाशी कामतामा रहेको सोगो ताइकु कान  खेलग्राउण्डमा प्रतियोगिता हुने भएकोले खेलकुदप्रेमी सबैलाई तयार रहन आग्रह गरीएको छ।  

आजैबाट नाम दर्ता प्रकृया सुरु गरिएको र जुलाईको १५ तारिखसम्म सहभागी हुन चाहने टिमले नामावली उपलब्ध गराइ सहयोग गरिदिनुहुन संयोजक नबिन गुरुङले जापानबासी खेलप्रेमी सबैलाई आग्रह गरेका छन्।

नुवाकोट समाज जापानको तेस्रो अधिवेशन सम्पन्न

टोकियो ।
नुवाकोट समाज जापानले हरि लामिछानेको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

राजधानी टोकियोको सिनओकुबुमा भएको सम्मेलनले समाजका पूर्व सचिव रहेका लामिछानेलाई अध्यक्षमा चयन गर्दै उपाध्यक्षमा रामजंग कार्की र संगिता अधिकारीलाई नियुक्त गरेको छ ।

यसैगरि महासचिवमा दिपक घिमिरेलाई चयन गरेको अधिवेशनले सचिवमा सन्तोषी अधिकारी र कोषाध्यक्षमा भिमान सिं मोक्तानलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

नेपाल नुवाकोट जिल्ला घर भई जापानमा अध्ययन, पेशा, व्यवसाय तथा रोजगारको क्रममा रहेका नुवाकोटेहरुको भव्य उपस्थितिमा सम्पन्न भएको अधिवेशनले आफ्नो विधानमा सामान्य संशोधन सहित आगामी योजना र वार्षिक आर्थिक प्रतिवेदनलाई स्विकृत प्रदान गरेको थियो ।

नेतृत्व चयनमा केही पदहरुमा धेरै व्यक्तिको नाम परेपनि आपसी समझदारीमा एक बाहेकका उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएपछि नेतृत्व चयन सहज ढंगबाट सर्वसम्मत भएको थियो ।

सन् २०१४ मा स्थापित नुवाकोट समाज जापानले तेस्रो अधिवेशन मार्फत हालको लागि दुई वर्षे कार्यकालको लागि २५ सदस्य समेत कार्यसमितिमा चयन गरेको छ ।
जसमा दिपक थापा, राजु तिवारी, शिवराम ढकाल, सरदराज लामिछाने, केशव भट्ट, भानुभक्त आचार्य, गोकर्ण अधिकारी, अर्जुन अधिकारी, अशोक खतिवडा, रामशरण धमला, बिजय कोइराला, मन्दिरा उप्रेती, गौरवजंग कार्की, विज्ञान उप्रेती, मिलन राई, सजना थपलिया, ठाकुर तामागं, विश्व जिसी, अच्युत लोहनी, अर्जुन बगाले फुकुओका, सोभितसिंग तामागं, सम्पूर्ण अधिकारी, मोहन केसी, विश्वराज अधिकारी र सुजन फुयाँल रहनुभएको छ ।

जापानमा व्यवसायीको रुपमा समेत परिचित संस्थाका निर्वतमान सचिव हरि लामिछानेले नुवाकोट समाज जापानको अध्यक्ष चयनपछि बोल्दै संस्थालाई नुवाकोट जिल्लाबाट जापानमा आई बसोबास गर्ने सबैको हित र समग्र नुवाकोट जिल्लाको विकास तथा समृद्धिको लागि सहयोगी बनाउनेगरि संस्थालाई सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अधिवेशनमा नुवाकोट जिल्ला सहित रसुवाजिल्लाबाट जापान आई बसोबास गर्नुभएका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । भेलामा नुवाकोट जिल्ला सहित नजिकका अन्य जिल्लाबाट जापानमा आई बसोबास गरेका त्यस्ता समाज र समितिहरुलाई समेत आफ्नो समाजमा समाहित तथा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको थियो । यस बारेमा विस्तृत छलफल गरेर नयाँ बस्ने कार्यसमितिले टुंगो लगाउने जिम्मेवारी सुम्पेको छ । यसैगरि अधिवेशनले आगामी बर्ष नुवाकोट समाज जापानले गर्न सक्ने ठूला कार्यक्रम, विभिन्न समिति तथा उपसमितिहरुको बारेमा छिट्टै बस्ने कार्यसमितिले निर्णय गरि विस्तृत विवरण सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

निवर्तमान अध्यक्ष डा. माधव प्रशास सेडाई अस्वस्थ रहनुभएकाले अधिवेशन संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका उद्धव प्याकुरेलको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका सल्लाहकार राजकुमार पण्डित प्रमुख अतिथि रहनुभएको थियो ।

गल्केाट समाज जापानकेा पाँचैा अधिबेशन जुलाइ ३१ मा हुँदै

गल्केाट समाज जापानको पाचौ कार्यकाल(२०१८-२०२०)को लागि अधिबेशन यहि जुलाई ३१ तारिख दिनको १ बजे बाट टोकियोमा हुने भएको छ। यस अघि बसेको अन्तिम बैठकले अधिबेशनको मिति र स्थान तय गर्दै आगामी पाँचौ अधिबेशनमा उपस्थित हुन सम्पूर्ण गल्कोटे जापानबासी दाजुभाइ तथा दिदिबहिनीहरुलाइ अनुरोध गरेको छ ।
समाजका अध्यक्ष नर ब. थापाका अनुसार निबर्तमान अध्यक्ष हर्क थापाको संयोजकत्वमा निर्बाचन समिति बनिसकेको र अधिबेशन सम्पन्न गर्ने सम्पूर्ण जिम्मा निर्बाचन समितिमा गैसकेको बताउनु भएको छ । उक्त अधिबेशनको सम्पन्न गर्नको लागि बिधान अध्ययन समिति, अधिबेशन ब्यबस्थापन समिति समेत बनेको छ ।
“बिगत स्थापना कालदेखि सामाजिक काममा सक्रिय भूमिका निर्बाह गरेको गल्कोट समाज जापानले आफ्नो स्थापना कालदेखि आजसम्म आउदा बिभिन्न चरण हरु पारगर्दै जापानमा आधिकारी NPO दर्ता गर्दै सामाजिक काममा सक्रिय रहीआएको छ। यसलाई अझ उचाईमा पुराउन अझ पछिको पुस्ताको उत्तिकै सक्रिय भूमिका र हात हुनेभएकोले बिभिन्न क्षेत्रमा जापानमा रही हाम्रो ब्यबसाय, कार्य, अध्ययन गर्दै आउनु भएका सम्पूर्ण गल्कोटे दाजुभाइ तथा दिदि बहिनिलाइ उक्त अधिबेशनमा उपस्थितको लागि हार्दिक अनुरोध गर्दछु” अध्यक्ष थापाले भन्नुभयो ।

कार्यक्रम  सिनओकुबू स्थित टोकियो रोधी क्लबको पछाडी रहेको Laboratory Okubo Hall Earls Art Court (〒169-0072 Tokyo, Shinjuku, Okubo, 1 Chome−9−10) मा हुने भएको छ ।

२००६ सालमा स्थापित गल्कोट समाज जापान बाग्लुङको गल्कोट क्षेत्र देखि जापानमा आएका गल्कोटेहरुको साझा संस्था हो ।

जापानमा सुतेकै अवस्थामा एक नेपालिको मृत्यु

जापानको गुन्माकेनको एक कम्पनीमा कार्यरत एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ । उनी कामबाट फर्केर कोठामा सुतेको तर बिहान मृत अवस्थामा फेला परेका थिए ।

मृतक सिन्घुपाल्चोक जिल्ला निवासी २७ वर्षीय सुरज थापा भएको बताइएको छ । उनी शुक्रबार राति सुतेको तर बिहान मृत अबस्थामा फेला परेको उनीसंगै बस्दै आएका मदन रावतले जानकारी दिएका छन् ।

थापा अचेत अवस्थामा फेला परेपछि उनलाई रावलले नै अस्पताल लगेका थिए तर, चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

मृतक थापाको आइतबार पोष्टमार्टम गरिने र त्यसपछि परिवारलाई शव जिम्मा लगाउने तयारी रहेको छ । मृतकका दाजु दिनेश थापाले नेपालमै लगेर अन्त्येष्टि गर्ने बताएका छन् ।

मृतक थापा चार वर्षे विद्यार्थी भिसामामा रहेर हालै कम्पनीमा कार्यरत थिए । उनी मदिरा लगायत कुनै पनि लत नभए पनि पानीको कमीका कारण मृत्यु भएको हुनसक्ने बताइएको छ ।

Source: Nepaljapan

जापानको ओसाकामा बिहानै भुकम्प, ३ जनाको मृत्यु

जापानको उत्तरी ओशाकामा ठूलो भुकम्प गएको छ । सोमवार विहान ७ बजेर ५८ मिनेटमा प्रारम्भिक अनुमान ६ दशमलब १ म्याग्नेच्यूडको भुकम्प गएको जापानी संचारमाध्यमहरुले जनाएका छन् । भुकम्प पश्चात सुनामीको खतरा भने नरहेको बताइएको छ ।

स्थानीय अधिकारीहरुलाई उधृत गर्दै जापानटुडेले ओशाकाको ताकाचुकीमा एकजना ९ बर्षिय बालिका, ८० वर्षको एक वृध्द र अन्य १ को मृत्यु भएको जनाएको छ । भुकम्प पश्चात ढलेको पर्खालमा चेपिएको थीयो। समाचार तयार पार्दासम्म भुकम्पमा परि कम्तिमा ६० जना भन्दा बढी घाईते भएको र धेरै आगलागीका घटना भएको स्थानीय प्रहरीले जनाएको छ । एनएचके अनलाइनमा जनाइए अनुसार ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भूकम्पको ठूलो धक्का पछि सिनकानसेन केही समय रोकिन पुगेको थियो । लोकल रेल सेवा सहित अन्य रेल सेवा समेत अवरुद्ध हुन पुगेको छ । तीन वटा विमानस्थल केही समय अवरुद्ध हुनुका साथै करिव १ लाख ७० हजार घरमा विद्युत् आपुर्ती अवरुद्ध हुन पुगेको बताइएको छ । विहानको समय काममा निस्कनेहरु बढि प्रभावित बनेका थिए । नारा प्रिफेक्चरको यामातोकोरियामा स्टेशनको एलिभेटरमा २ जना थुनिएका थिए । अन्य स्थानमा पनि एलिभेटरमा मानिसहरु फसेको हुनसक्ने अनुमान छ ।

फुकुई प्रिफेक्चरमा अवस्थित ५ वटै आणविक प्रशोधन केन्द्र नियमीत सञ्चालनमा रहेको भन्दै भूकम्पले कुनै असर नपारेको समाचारमा जनाइएको छ ।

मुख्य क्याविनेट सचिब योसिहिदे सुगाले पत्रकार सम्मेलनमार्फत ठूलो क्षतिको खबर नरहेको बताएका छन् ।

ओशाका क्षेत्रमा रहेका नेपालीहरु घाइते भएको कुनै समाचार छैन तर नेपालीहरुद्धारा सञ्चालित केही रेष्टुरेन्टहरुमा क्षति भएको बताइएको छ । केहीले फेसबुकमा आफ्नो पसलमा भएको क्षतिका फोटो र भिडियो समेत राखेका छन् ।

जापानी समाचार संस्था एनएचकेले जापानको आत्म सुरक्षा दस्ता सहित फाइटर बिमान र हेलिकोप्टरहरुलाई भूकम्प प्रभावित क्षेत्रमा सूचना संकलनको लागि पठाइएको र प्रधानमन्त्री सिन्जो आबेको कार्यालयमा शिर्ष अधिकारीहरुको बैठक बस्दै गरेको उल्लेख गरेको छ ।

जुलाई १ मा टोकियोमा ‘कान्छि’ को प्रदर्शन, निर्देशक अधिकारी जापान आउने

नेपाली चलचित्र कान्छी अब जापानवासी नेपालीहरुले पनि हेर्न पाउने भएका छन् ।

Flame Of Hope Nepal NGO मार्फत प्रदर्शन पश्चात मुनाफा भएको रकम स्कुले बालबालिकाको निम्ती विध्यालयहरुमा पाठ्य सामाग्री वितरण गर्ने उधेश्यले आयोजना गर्न लागेको आयोजक सुजन पन्त बताउछन ।चलचित्रलाई लिएर निर्देशक आकाश अधिकारी पनि जापान आउने बताइएको छ ।  

 

नेपाली दर्शकहरुले अत्यधिक रुचाएको चलचित्रलाई साईनो ईन्टरटेन्मेन्टले जापानमा प्रदर्शन गराउन लागेको हो । आयोजक साईनोका अनुसार “कान्छी”आउँदो जुलाई १ तारिख आईतबारका दिन टोकियोको नाकानो जिरो हलमा प्रदर्शन गरिने छ ।

चलचित्र कान्छीलाई जापानवासी दर्शकले हालसम्मकै सरल टिकट मूल्यमा हेर्न सकिने बताईएको छ । आयोजकका अनुसार अग्रिम टिकट बुक गर्नेहरुले केबल ९ सय ९९ सय येनमा हेर्न सक्नेछन् । चलचित्र हलको गेटमै टिकट लिनेहरुको हकमा भने प्रति टिकट १५ सय जापानी येन तोकिएको छ ।

“कान्छी”मा आकाश अधिकारीको निर्देश तथा दयाहाङ राई, श्वेता खड्का, अनु शाह, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, नीर शाह, अशान्त शर्मा, कामेश्वर चौरसिया, रमेश अधिकारी, जयनन्द लामा आदि कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै शम्भूजित बाँसकोटा, राजनराज शिवाकोटी तथा अर्जुन पोखरेलको संगित रहेको छ ।

‘कान्छी’ नेपाली दर्शकहरुले अत्यधिक रुचाएको चलचित्र हो । अभिनेत्री श्वेता खड्का झन्डै साढे दुई वर्षपछि दर्शकमाझ आउन आएकोले पनि यो चलचित्रले बेग्लै किसिमको कौतुहलता पैदा गरेको थियो । आकर्षक लोकेसनमा छायांकन गरिएको यो चलचित्रमार्फत श्वेतालाई पहिलो पटक अभिनेता दयाहाङ राईको जोडीका रूपमा हेर्न पाइनेछ ।

चलचित्रमा उनीहरूको जोडी आकर्षक देखिएको छ । चलचित्रका दुई गीत चरी चट्ट परी तथा यो जीउ दाउमा लाउने मैले लोकप्रिय छन् । चरी गीतले त यूट्युबमा एक करोड दर्शक पनि पाइसकेको छ । यो चलचित्रलाई सांगीतिक रूपमा सवल बनाउन तीन स्थापित संगीतकारका गीत समावेश गरिएको छ भने यसमा चलचित्रमा राजनराज शिवाकोटी, अञ्जु पन्त, युवराज चौलागाईं, धर्मेन्द्र सेवान आदि गायक–गायिकाको पाश्र्व गायन छ ।

वसन्त श्रेष्ठको कोरियोग्राफीमा चलचित्रका गीतहरू आकर्षक बनेका छन् । जोससोम, मुस्ताङ तथा काठमाडौंमा छायांकन गरिएको यो चलचित्रको निर्माण अभिनेत्री श्वेता खड्का स्वयंले गरेकी हुन् । पुरुषोत्तम प्रधानद्वारा छायांकन गरिएको यो चलचित्रको कथा याम थापाले लेखेका हुन् ।
“कान्छी” टोकियो बाहिरका विभिन्न सहरहरुमा पनि प्रदर्शन गरीने बताईएको छ ।

चितवन समाज जापानले बार्बिक्यु कार्यक्रम आयोजना गर्दै

“आपत कालिन अक्षयकोष सहयोगार्थ” चितवन समाज जापानले जुन २४ तारिख आइतबारका दिन विबेक्यू कार्यक्रमको आयोजना गरेको छ ।

जापानको व्यस्त समयलाई बिदाको दिन प्रवासमा नेपालीविचको भाईचार,एकता अनि दुःख सुख साटन विबेक्यू (वनभोज ) आयोजना गरेको चीतवन समाज जापानका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभयो । नोबोरितो स्टेसन बाट ३ मिनेट नजिक रहेको पार्कमा हुन गईरहेको उक्त कार्यक्रममा जापानबासी दाजुभाइ तथा दिदिबहिनीलाई उपस्थितिको निम्ति समाजले आग्रह गरिएको छ ।

मनोरन्जनको साथै जापानमा रहेका सबै सङ्गठनमा आबद्ध व्यक्तिहरु एकै ठाँउमा उपस्थित भै परोपकारी काममा सहयोग गर्न र एक अर्कामा परिचित हुने आत्मियता भाईचारा मित्रता प्रगाढ बन्ने अवसर नगुमाउन समाजका अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन । यस विबेक्यू कार्यक्रमको संयोजन तथा व्यवस्थापन यसै चितवन समाज जापानका सल्लाकार मनोज घलेले गर्दै यस कार्यक्रममा सबैजना उपस्थित भएर रमाइलो गर्न आह्वान गर्नु भएको छ।

विगतका दिनमा पनि विभिन्न मनोरन्जनात्मक र सामाजिक कार्यक्रम गर्दै आइरहेको चितवन समाज जापानले यस पटकको पहिलो विबेक्यू कार्यक्रम गर्न गहिरहेको छ ।

जापानमा रहेका नृत्यप्रेमिहरुको लागी ‘डान्स फर टाइटल’ कार्यक्रम हुँदै

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा गत वर्षबाट सुरु गरिएको जापान डान्स फर टाईटलको दोश्रो सस्करण आगामी अक्टोबरमा हुने पक्का भएको छ।

संस्थाका अध्यक्ष सुभाष लोहनीको सभापतित्वमा हालै सम्पन्न संस्थाको बैठकले आगामी अक्टोवर १४ तारिक आईतबारका दिन टोकियोमा दोश्रो संस्करणको प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो। विदेशमा रहेका नेपाली प्रतिभाको खोजी गर्ने उदेश्यले गत वर्षबाट सुरु गरिएको प्रतिस्पर्धामा नेपाली नृत्यङनाहरुले सहभागिता जनाउन पाउने छन।

नृत्यमा रुची भएका प्रतिभाहरुले आगामी जुन १५ तारिकबाट अगष्ट १५ तारिकसम्म आफनो नृत्य सहितको भिडियो पठाएर सहभागिता हुने सकिने कार्यक्रम संयोजक अमित गौतमले जानकारी दिए। पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको फेसबुक पेजमा आफनो परिचय सहित नृत्य पठाउने मध्येलाई उत्कृष्ठ १० जनालाई नेपाली ख्यातिप्राप्त कलाकारहरु सहितको निणार्यक मण्डलले छनौट गर्ने छ। १६ वर्षभन्दा माथीका नेपाली युवायुवतिहरुको सहभागिता हुने प्रतिस्पर्धामा विजेताले नगद एक लाख सहित विभिन्न उपहार उपविजेताले पचास हजार येन नगद र तृतियले तीस हजार येन सहित विभिन्न उपहार हात पार्नेछन।

कार्यक्रममा सहभागिता तथा सफल बनाउन सहयोगका लागि आयोजक पूर्वी नेपाल विकास सहकार्य केन्द्रले जापानवासी नेपालीहरुमा अपील गरेको छ। साथै सो दिन कुनैपनि कार्यक्रममा नजुधाईदिनका लागि संस्थाले अनुरोध गरेको छ।

Source: Nepaljapan