नायक दिलिप रायमाझिलाई ‘कमब्याक’ गराउदै निर्माता इश्वरि कँडेल

एपिवन टेलिभिजनमा प्रसारण भैरहेको नेपाली नृत्यप्रेमी हरुको रियालिटी शो ‘Boogie Woogie’ मा निर्णायकको रुपमा हाल देखा परेका एक समयका चर्चित नायक हुन् दिलिप रायमाझी । नेपाली सिनेमा जगतमा आफ्नो चर्चा चलिरहेकै समयमा उनि अमेरिका छिरेका थिए । केहि वर्षको अमेरिका बसाइपछी उनि फेरी नेपाली चलचित्र र म्युजिक भिडियोहरुमा सक्रीय भएर लागेका छन । अमेरिकाबाट फर्केपछी उनले नेपाली चलचित्र ‘रमिता’मा अभिनय गरेका छन ।

उनलाई कमब्याक गराएका हुन निर्माता इश्वरी कँडेलले । जापानमा होटल व्यवसायमा सक्रीय इश्वरी सामाजिक कामहरुमा पनि उत्तिकै सकृयता रहेको छ । फिल्म युनिटले सुटिङ सकाएर अब मिक्सिङ्गको क्रममा रहेको छ । यसभन्दा अघी सर्ट मुभी र विभिन्न लोक गितमा लगानी र अभिनय दुबै गरिसकेका कण्डेलको नेपाली चलिचित्रमा भने पहिलो पटक लगानी गरेका हुन । १ करोड भन्दा माथी लगानी रहेको उक्त चलचित्रमा रन्जित कुमार छेत्रीले समेत लगानी गरेका छन ।
मुस्ताङ,पर्वत,बाग्लुङ र काठमाण्डु लगायतका ठाउँमा फिल्मलाई खिचिएको थियो । जुन चलचित्रको गित र ट्रेलर छिट्टै सार्वजनिक गरीने छ । चलिचित्रमा निर्देशन रन्जित कुमार छेत्री, सङ्गित एक नारायण भण्डारी र विमलराज छेत्रीको रहेको छ भने नायिका रजनी केसि, दिपासा बिसि, रिना थापा मगर र पुरुष कलाकार हरुमा सुरविर पण्डित, इश्वरि कण्डेल, सन्दिप बुर्लाकोटी, बिनोद श्रेष्ठ लगाएतको अभिनय रहेको छ । बेरोजगारी नेपालिकोहरुको विषयलाई लिएर निर्माण गरिएको यो एक हास्यव्यङ्ग्य चलचित्र हो ।
जापानमा जुलाई १६ सोमबारका दिन नाकानो जिरो हलमा चलचित्रको रेड कार्पेट शो आयोजना गरिएको छ । चलचित्र प्रदर्शन कार्यक्रममा नायक दिलिप रायमाझी जापान आउने भएको हुनाले सङ्गै फिल्म हेर्नको निम्ती तयार आग्रह गरिएको छ ।
जापानको प्रदर्शन पश्चात नेपालको प्रदर्शन मिती पनि सार्वजनिक गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *