जापानमा आफ्नो भाग्य खोज्दै ‘राम-लक्ष्मण’(भीडीयो सहीत)

नेपाली सुगम संगितका चर्चित गाएक रामकृष्ण ढकाल तथा जापानलाई कर्मथलो बनाएका सङ्गितकार तथा गायक रामकृष्ण बममल्ल र गितकार लक्ष्मण कार्कीको सांगितिक कोशेली ‘आफ्नो भाग्य’ सार्वजनिक भएको छ।

जापानमा रहेका बिभिन्न सर्जकहरुको शब्दमा रामकृष्ण बममल्लको एकल संगीतमा तयार भएको एल्बम सहयात्राको शिर्ष गीत हो ‘आफ्नो भाग्य’।जापानमा एक कार्यक्रमका बिच बिमोचन गरिएको यस एल्बमका गीतहरु भिडियो सार्वजनिक गर्ने क्रम जारी छ।
यस गीतको भिडियो रोशन कार्कीले निर्देशन गरेका छन् भने सुरज खड्का र प्रमिला खत्रीको अभिनय देख्न सकिन्छ।आर एस डिजिटलको प्रस्तुति रहेको यस गीतलाई म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको छ।
पछिल्लो समयमा विदेशबाट नेपाली सङ्गित क्षेत्रमा सक्रीय हुने सर्जकहरु बढिरहेका छन । आफ्नो भाग्यपछी अब आफ्नो अर्को एल्बम ‘सम्झौता’ को तयारिमा रहेका गितकार लक्ष्मण कार्की यस गितबाट धेरै आशा राखेको जानकारी दिए । भीडीयो…

https://youtu.be/6YqyUf3Vs4g

Leave a Reply

Your email address will not be published. Required fields are marked *