धादिङ् समाज जापानको वृहत पिकनिक हुँदै

टोकियो । आपसी सम्बन्ध र भाईचारा अभिवृ्द्धीको उदेश्य सहित धादिङ् समाज जापानले समर पिकनिक (बनभोज) को आयोजना गर्ने भएको छ ।

कार्यक्रम, यहि जुन  २३ तारिख शनिबार टोकियोको योयोगी पार्कमा आयोजना गरिने छ । वृहत वनभोजमा,जापानबासी धादिङेली तथा सम्पूर्ण जापानबासी नेपाली दाजुभाई दिदिवहिनिहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गरिएको छ ।

धादिङ् समाज जापान,जापानमा रहेका सम्पुर्ण धादिङ्लीहरुलाई संस्थाको माध्यमबाट एक जुट गराई परदेशमा आईपर्ने विभिन्न समस्याहरुको समाधान तथा धादिङ्को भौतिक,शैक्षिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उदेश्यका साथ सन २०१३ देखि क्रियाशील रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *