जापानमा रहेका नृत्यप्रेमिहरुको लागी ‘डान्स फर टाइटल’ कार्यक्रम हुँदै

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा गत वर्षबाट सुरु गरिएको जापान डान्स फर टाईटलको दोश्रो सस्करण आगामी अक्टोबरमा हुने पक्का भएको छ।

संस्थाका अध्यक्ष सुभाष लोहनीको सभापतित्वमा हालै सम्पन्न संस्थाको बैठकले आगामी अक्टोवर १४ तारिक आईतबारका दिन टोकियोमा दोश्रो संस्करणको प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो। विदेशमा रहेका नेपाली प्रतिभाको खोजी गर्ने उदेश्यले गत वर्षबाट सुरु गरिएको प्रतिस्पर्धामा नेपाली नृत्यङनाहरुले सहभागिता जनाउन पाउने छन।

नृत्यमा रुची भएका प्रतिभाहरुले आगामी जुन १५ तारिकबाट अगष्ट १५ तारिकसम्म आफनो नृत्य सहितको भिडियो पठाएर सहभागिता हुने सकिने कार्यक्रम संयोजक अमित गौतमले जानकारी दिए। पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको फेसबुक पेजमा आफनो परिचय सहित नृत्य पठाउने मध्येलाई उत्कृष्ठ १० जनालाई नेपाली ख्यातिप्राप्त कलाकारहरु सहितको निणार्यक मण्डलले छनौट गर्ने छ। १६ वर्षभन्दा माथीका नेपाली युवायुवतिहरुको सहभागिता हुने प्रतिस्पर्धामा विजेताले नगद एक लाख सहित विभिन्न उपहार उपविजेताले पचास हजार येन नगद र तृतियले तीस हजार येन सहित विभिन्न उपहार हात पार्नेछन।

कार्यक्रममा सहभागिता तथा सफल बनाउन सहयोगका लागि आयोजक पूर्वी नेपाल विकास सहकार्य केन्द्रले जापानवासी नेपालीहरुमा अपील गरेको छ। साथै सो दिन कुनैपनि कार्यक्रममा नजुधाईदिनका लागि संस्थाले अनुरोध गरेको छ।

Source: Nepaljapan

Leave a Reply

Your email address will not be published. Required fields are marked *