विश्वकप फुटबल: पोर्चुगल वीरुध्द स्पेन, बाजी कस्ले मार्ला ?

रसीयामा चलीरहेको विश्वकप फुटबलमा पोर्चुगल  र स्पेनबिच नेपाली समय ११:४५ मा हुन गैरहेको खेललाई विषेश रुपमा हेरिएको छ । दुवै टिम विश्वकप बिजेता बन्ने सम्भावित टिम हुन । युरोकप जितेर आएको पोर्चुगल र यो भन्दा पहिले २०१० मा विश्वकप जितिसकेको स्पेन दुबै टीमका समर्थकहरुले आ-आफ्नै ढङ्गबाट आङ्कलन गरे पनि वास्तविकता के छ त भन्ने कुरा तल उल्लेख गरिएको छ ।  

पोर्चुगल:

विश्वकप खेल्ने तीन महादेशीय च्याम्पियन मध्ये एक हो पोर्चुगल । दुई वर्षअघि अप्रत्याशित खेल देखाउँदै पोर्चुगलले युरोकप जितेको थियो । रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले सम्हालेकाले पनि पोर्चुगल टिममाथि धेरेको आशा छ ।
युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत समूह ‘बी’ मा रहेको पोर्चुगल समूह उपविजेता बन्दै विश्वकपका लागि छनौट भएको थियो । अहिले फिफा विश्व वरियतामा चौथो स्थानमा रहेको पोर्चुगलले यो विश्वकपमा पनि युरोपकमा जस्तै सबैलाई चकित पार्न सक्छ ।
विश्वकप खेल्न लाजिओका नानी, बार्सिलोनाका गोमेज र बार्यन म्युनिखका सान्चेज टिममा नपर्नुले पनि पोर्चुगलको टिम कति बलियो बनेको छ भन्ने अनुमान लगाउन सकिन्छ ।
विश्वकपमा पोर्चुगल अहिलेसम्म ६ पटक सहभागी भएको छ । त्यसमा सन् १९६६ र २००६ मा गरी दुई पटक सेमिफाइनलसम्म पुग्न सफल भएको छ । गएको विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो । पोर्चुगलले अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन ।
स्पेन:
सन् २०१० को विश्व विजेता स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । स्पेन उसको कलात्मक फुटबलका लागि विश्वभर चर्चित छ । स्पेनिस ला लिगाका समर्थक विश्व फुटबल प्रेमीमाझ छाएकाले पनि स्पेनिस टिम धेरैको रोजाइँको टिम हो ।
स्पेन अहिलेसम्म १४ पटक विश्वकपमा सहभागी भएको छ । सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको स्पेनले सन् २०१० मा उपाधि उचालेर विश्व फुटबलमा आˆनो उत्कृष्टता सावित गरेको थियो ।

अहिले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले निकाल्ने विश्व वरियतामा आठौँ स्थानमा रहेको स्पेनलाई यसपटक पनि दाबेदारको रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *