जापानमा सुतेकै अवस्थामा एक नेपालिको मृत्यु

जापानको गुन्माकेनको एक कम्पनीमा कार्यरत एक नेपाली युवाको सुतेकै अवस्थामा मृत्यु भएको छ । उनी कामबाट फर्केर कोठामा सुतेको तर बिहान मृत अवस्थामा फेला परेका थिए ।

मृतक सिन्घुपाल्चोक जिल्ला निवासी २७ वर्षीय सुरज थापा भएको बताइएको छ । उनी शुक्रबार राति सुतेको तर बिहान मृत अबस्थामा फेला परेको उनीसंगै बस्दै आएका मदन रावतले जानकारी दिएका छन् ।

थापा अचेत अवस्थामा फेला परेपछि उनलाई रावलले नै अस्पताल लगेका थिए तर, चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

मृतक थापाको आइतबार पोष्टमार्टम गरिने र त्यसपछि परिवारलाई शव जिम्मा लगाउने तयारी रहेको छ । मृतकका दाजु दिनेश थापाले नेपालमै लगेर अन्त्येष्टि गर्ने बताएका छन् ।

मृतक थापा चार वर्षे विद्यार्थी भिसामामा रहेर हालै कम्पनीमा कार्यरत थिए । उनी मदिरा लगायत कुनै पनि लत नभए पनि पानीको कमीका कारण मृत्यु भएको हुनसक्ने बताइएको छ ।

Source: Nepaljapan

Leave a Reply

Your email address will not be published. Required fields are marked *