टोकियोमा भलिबल प्रतियोगिता हुँदै, नाम दर्ताको लागी आह्वान

नेपाल भलिबल सङ्घ जापानले जुलाईको २० तारिक  शुक्रबारका दिन जापानभरिका खेलाडिहरुको बिचमा आयोजना गर्न लागेको रनीङ  शिल्ड भलिबल प्रतियोगितामा टिम दर्ताको लागी आह्वान गरेको छ । ‘स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै नेपालको राष्ट्रीय खेल भलिबलको प्रवर्ध्दनका निम्ती जापानमा स्थापना गरिएको आधिकारिक संस्था नेपाल भलिबल सङ्घ जापानले भलिबल प्रेमिहरुलाई एकजुट हुन पनि आग्रह गरेको छ । 

प्रतियोगितामा प्रथम हुनेले ३ लाख यन, द्वितिय हुनेले २ लाख यन र तृतिय हुनेले १ लाख यनको साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन । साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी लाई ८ वटा (Best player, Best spiker, Best difence, Best setter, Best blocker, Best server, Best discipline, Best quicker )फरक फरक विधामा सम्मान गरिने छ ।  टोकियोको ओता-कु हिगाशी कामतामा रहेको सोगो ताइकु कान  खेलग्राउण्डमा प्रतियोगिता हुने भएकोले खेलकुदप्रेमी सबैलाई तयार रहन आग्रह गरीएको छ।  

आजैबाट नाम दर्ता प्रकृया सुरु गरिएको र जुलाईको १५ तारिखसम्म सहभागी हुन चाहने टिमले नामावली उपलब्ध गराइ सहयोग गरिदिनुहुन संयोजक नबिन गुरुङले जापानबासी खेलप्रेमी सबैलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *